This Site is Under Construction

Disclaimer: all the data are only for demo, not actual. So do not use these data for any documentation purpose.


१३ चलचित्रकर्मीलाई “विशिष्ट चलचित्रकर्मी परिचयपत्र” प्रदान


नेपाल सरकार, चलचित्र विकास बोर्डको अगुवाईमा मिति २०७३।१।६ गते माननीय सूचना तथा सञ्चार मन्त्री शेरधन राईज्यू वाट श्री सूचना तथा सञ्चार मन्त्रालयमा नेपाली चलचित्र क्षेत्रका विभिन्न विधामा विगत २५ बर्ष भन्दा लामो समयदेखि निरन्तर योगदान दिदै आउनु भएका चलचित्रकर्मीहरुलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र वितरण गर्नु भयो । विशिष्ट चलचित्रकर्मी परिचयपत्र पाउनु हुने अग्रज चलचित्रकर्मीहरुमा १) यादव खरेल २) नीर शाह ३) उद्धव पौडेल ४) लक्ष्मीनाथ शर्मा ५) चेतन कार्की ६) हरि प्रसाद रिमाल ७) भुवन चन्द ८) बसुन्धरा भुषाल, ९) सुभद्रा अधिकारी १०) सकुन्तला शर्मा गुरुङ ११) मञ्जुकुमार श्रेष्ठ १२) गेहेन्द्र धिमाल, र १३) किरण खरेल रहनु भएको छ । बोर्डले पहिलो चरणमा १३ जना लाई विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण गरेता पनि अन्य चलचित्रकर्मीहरुलाई पनि विशिष्ट श्रेणीको परिचयपत्र वितरण गर्ने भएको छ । चलचित्रकर्मीलाई वितरण गरिने तिन किसिमको परिचयपत्रमा विशिष्ट श्रेणीको रातो रङ, वरिष्ठ चलचित्रकर्मीको निलो रङ र सामान्य परिचयपत्रको रङ हरियो हुनेछ । वरिष्ठ श्रेणीको परिचयपत्र पाउन २० बर्ष वा सो भन्दा बढि समयदेखि चलचित्र क्षेत्रमा निरन्तर योगदान दिएको हुनुपर्ने छ भने सामान्य परिचयपत्रको लागि १० बर्ष वा सो भन्दा वढि समय चलचित्र क्षेत्रमा निरन्तर योगदान दिएको हुनु पर्ने छ ।
कार्यक्रममा मन्त्री राईले नेपाली चलचित्र क्षेत्रमा निरन्तर योगदान गरे वापत विशिष्ट श्रेणीको परिचयपत्र वितरण गरिएको बताउदै परिचयपत्रको आधारमा राज्यवाट विभिन्न सेवा, सुविधा र सम्मान समेत पाउने बताउनु भयो । सञ्चार सचिव दिनेश थपलियाले यो परिचयपत्रले चलचित्रकर्मीलाई आफ्नो पेशागत परिचय दिलाउनुका साथै सम्मानित र मर्यादित तुल्याउने पनि बताउनु भयो । कार्यक्रमम चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले बाँकी परिचयपत्र बैशाख मसान्त भित्र प्रदान गरिने बताउदै विशिष्ट व्यक्तिहरुबाट सुरु गरिएको यो अभियानलाई हामी निरन्तरता दिने बताउनु भयो । साथै उहाँले चलचित्रसँग सम्बन्धित सरोकारवालाहरु, संघ÷संस्था र निकायहरुसँग छलफल गरि यसको नयाँ कार्यविधि तयार गर्ने र विशिष्ट चलचित्रकर्मी परिचयपत्रको लागि परिचयपत्र नविकरण गर्न नपर्ने , वरिष्ठ परिचयपत्र र सामान्य परिचयपत्र ५÷५ बर्षमा नविकरण गरिने बताउनु भयो । चलचित्र विकास बोर्डले परिचयपत्र सिफारिसका लागि सिफारिस समिति समेत गठन गरि सोहि आधारमा परिचयपत्र पाउने चलचित्रकर्मीहरुको नाम सिफारिस गरिएको थियो ।

Related Posts