प्रेश विज्ञप्ती ( बोर्डले गत वर्ष (०७३) मा छनौट गरेका विशेष चलचित्र सम्बन्धि ) ः


चलचित्र विकास बोर्डमा आज मिति २०७३।७।८ गते बुधवारका दिन बोर्ड अन्तर्गत गठित विशेष चलचित्र छनौैट समितिले गत मिति २०७३ बैशाख १ देखि ०७३ चैत्र मसान्त भित्रमा जाँच पास भएका ३७ वटा चलचित्रहरु अवलोकन गरि (आवेदन पर्न आएका ) विशेष चलचित्रमा छनौट भएका दुईवटा चलचित्रहरु घामपानी र कालोपोथी लाई पत्रकार सम्मेलन मार्फत जानकारी गरी उक्त चलचित्रहरुलाई बोर्ड अध्यक्षज्यूवाट प्रमाणपत्र वितरण गरि सम्मान गर्ने कार्य सम्पन्न गरियो । चलचित्र विकास बोर्डका अध्यक्ष श्री रामचन्द्र ढकालज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बोर्ड सदस्य एवं विशेष चलचित्र छनौट समितिका सदस्य श्री उत्तम के.सीज्यूले कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने छनौट समितिका सदस्य श्री ऋसी लामिछाने र चलचित्र घामपानीका तर्फवाट निर्देशक श्री दिपेन्द्र लामिछानेले आफ्ना भनाईहरु राख्नु भएको थियो । कार्यक्रममा छनौट समितिका सदस्य श्री शक्तिवल्लभ घोराशिनी, विष्णु शर्मा , वोर्ड सदस्य अशोक प्यासी राई, बोर्डका कर्मचारीहरु तथा विभिन्न मिडियामा आवद्ध पत्रकारहरुको उल्लेख्य सहभागीता रहेको थियो । कार्यक्रममा समितिका सदस्य ऋशी लामिछानेले समितिले कुनै आग्रह पूर्वाग्रह नराखी निश्पक्ष तवरले कसैको दवावमा नपरि पारदर्शि तरिकाले चलचित्र छनौट गरिएको बताउनु भयो भने निर्देशक दिपेन्द्र लामाले कस्तो चलचित्रलाई उत्कृष्ट चलचित्र भन्ने विषयमा (कलात्मक सृजनसशल वा व्यवसायीक)अहिले पनि वहसको विषय भइरहेको र राष्ट्रिय स्तरको अवार्ड कार्यक्रमले यस किसिमको चलचित्रको मुल्याङकनको शुरुवात गर्ने गरेको वताउनु भयो , त्यसै गरि चलचित्र विकास बोर्डका अध्यक्ष श्री रामचन्द्र ढकालज्यूले आफूले सञ्चार मन्त्रालय र बोर्डको पुलको काम गर्ने गरेको र संघीय संरचनामा चलचित्र सम्बन्धि बन्ने नियम कानूनहरुको गृहकार्य भइरहेको, चलचित्र नीति कार्यन्वयनको दिशामा अगाडी वढेको र सो को लागि ऐन नियमहरु बन्ने क्रममा रहेका र आफू रहेसम्म नेपाली चलचित्र क्षेत्रको विकास एवं प्रवद्र्धनमा सक्दो प्रयास गर्ने बताउनु भयो । साथै उहाँले चलचित्र विकास बोर्डलाई अधिकार सम्पन्न बनाउने सम्बन्धमा पनि आफ्ना भनाईहरु राख्नु भएको थियो । उक्त कार्यक्रमा निर्देशक एवं वरिष्ठ चलचित्रकर्मी श्री लक्ष्मीनाथ शर्माद्वारा लिखित पुस्तक नेपाली चलचित्रको इतिहास को पनि सार्वजनिकरण गरिएको थियो ।

Download Now
press realese

Related Posts