भारतको पुनेस्थित भारतीय फिल्म और टेलिभिजन संस्थान (FILM & TELEVISION INSTITUTE OF INDIA - FTII) मा २० दिने स्क्रीन अभिनय सम्बन्धी फाउण्डेशन कोर्शका लागि दरखास्त आह्वान


मितिः २०७४।९।१२
प्रेस विज्ञप्ती

भारतको पुनेस्थित भारतीय फिल्म और टेलिभिजन संस्थान (FILM & TELEVISION INSTITUTE OF INDIA – FTII) मा
२० दिने स्क्रीन अभिनय सम्बन्धी फाउण्डेशन कोर्शका लागि दरखास्त आह्वान सम्बन्धमा

भारतीय दूताबास, काठमाडौंको आयोजनामा भारतको पुनेस्थित भारतीय फिल्म और टेलिभिजन संस्थान (Film & Television Institute of India – FTII) मा नेपाली अभिनेताहरू तथा अभिनेत्रीहरूको लागि २०–दिने स्क्रीन अभिनय सम्बन्धी फाउण्डेशन कोर्शको आयोजना गरिएको व्यहोरा सबैमा जानकारी गराउन चाहन्छौं । सो तालीममा सहभागी हुन निम्नानुसारको अनुभव तथा योग्यता भएका इच्छुक कलाकारहरूले भारतीय दूताबासबाट निर्धारित गरिएको दरखास्त फारमका साथ एकप्रति फोटो, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, अभिनय सम्बन्धी अनुभवका कागजातहरू संलग्न राखी यही ५ जनवरी २०१८ (तदनुसार २१ पौष २०७४), शुक्रबारका दिनभित्र चलचित्र विकास बोर्डको इमेल ठेगाना fdbnepal@gmail.com तथा भारतीय दूताबास, काठमाडौंको ईमेल cpic.kathmandu@mea.gov.in र picsection.kathmandu@mea.gov.in मा पठाउन हुन सबैको जानकारीका लागि यो प्रेस विज्ञप्ती जारी गरिएको छ ।

उक्त दरखास्त फारम हुलाक मार्फत् दूताबासको निम्न ठेगानामा समेत पठाउन सकिने छः
Ms. Ruby Jaspreet Sharma,
First Secretary
Press, Information & Culture Wing
Embassy of India
336, Kapurdhara Marg, Lainchour, Kathmandu, Nepal

तालीम सम्बन्धी अन्य विवरणः
१. तालीमको औपचारिक भाषा अंग्रेजी र हिन्दी हुनेछ ।
२. आवेदकले कम्तीमा केही नेपाली कथानक चलचित्रहरु, विज्ञापन चलचित्रहरु आदिमा अभिनय गरेको अनुभव पेश गर्नु पर्नेछ ।
३. रीतपूर्वक प्राप्त भएका आवेदनहरूमध्ये छनौट गर्ने कार्य सम्बन्धमा भारतीय दूताबासले निर्णय लिनेछ ।
४. अन्य थप जानकारीका लागि चलचित्र विकास बोर्ड, चाबहिल, काठमाडौं वा भारतीय दूताबास, काठमाडौंमा सम्पर्क गर्न सकिनेछ ।

दरखास्त फारमः Form for application to FTII

Related Posts