| भ्वाइस एक्टिङ एण्ड डबिङ तालिम सम्पन्न, १७४ प्रशिक्षार्थी लाभान्वित
3 hours ago |
| चलचित्र विकास बोर्डमा २ दिने कर्मचारी क्षमता अभिवृद्धि तालिम सुरु
2 days, 5 hours ago |
| चलचित्र विकास बोर्डको ‘भ्वाइस एक्टिङ एण्ड डबिङ’ तालिम सुरु, १६६ जना सहभागी
2 days, 5 hours ago |
| चलचित्र विकास बोर्डको संग्रहालयका लागि १७१ चलचित्र पोस्टर र १० पटकथा हस्तान्तरण
1 week, 1 day ago |
| चलचित्रकर्मीलाई परिचयपत्र वितरण गर्ने बोर्डको निर्णय, आवेदन खुला
1 week, 1 day ago |
चलचित्र विकास बोर्ड अन्तर्गत चलचित्रकर्मी कल्याणकारी कोषबाट विरामी ३ र मृतक १ गरी चार चलचित्रकर्मीहरुलाई विशेष नगद सहयोग उपलव्ध गराइएको छ । ब्रेन हेमोरेज भएका ग्रीनसिटि हस्पिटलमा उपचार गराईरहेका चलचित्र निर्देशक सन्तोष ढकालको परिवारलाई एक लाख , मृतक प्राविधिक स्व श्री कृष्ण तिमल्सिनाको परिवारलाई काजकिरियाको लागि पचासहजार, खुट्टा भांचिएका कलाकार गोकुल सुवेदीलाई चालिस हजार तथा सेरोशिस भएका प्राविधिक छांयाकार उमेश श्रेष्ठको परिवारलाई एक लाख उपलव्ध गराईएको हो ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी , कल्याणकारी कोषकी अध्यक्ष बसुन्धरा भुषाल , सदस्य द्वय कलाकार संघका अध्यक्ष मोहन निरौला र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाको समुहले विरामीहरुको घर, अस्पताल र मृतकको किरियापुत्री भवनमा गएर विरामीको शिघ्रलाभको कामना , मृतकमा श्रध्दान्जली र परिवारमा समवेदना प्रकट गर्दै सो सहयोग रकम उपलव्ध गराइएको हो।
