badapatra


चलचित्र विकास बोर्ड अन्तर्गत चलचित्रकर्मी कल्याणकारी कोषबाट चलचित्रकर्मीहरुलाई सहयोग

6 months, 4 weeks ago

चलचित्र विकास बोर्डको सहकार्य मा भैरहेको "कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव" अन्तर्गत " रारा चलचित्र पयर्टन जलवायू समिट" कार्यक्रम सम्पन्न

7 months ago

चलचित्र विकास बोर्डको सहकार्यमा तथा गुरुङ फिल्म्स एसोसिएसन नेपाल (जिफान) को आयोजनामा "लाईट्स-क्यामेरा कार्यशाला २०८२" सुरु

7 months ago

चलचित्र विकास बोर्डको सहकार्यमा थामी आदिवासी जनजाति विवाह सम्बन्धी बृतचित्र निर्माण सम्पन्न

7 months ago

चलचित्र विकास बोर्डको सहकार्यमा गुरूङ फिल्म एशोसिएसन नेपाल (जिफान)को आयोजनामा "लाईट्स-क्यामेरा कार्यशाला २०८२" हुदै

7 months ago

चलचित्र विकास शुल्क पोर्टलको अभिमुखीकरण तथा तालिम सुरु

1 week, 6 days ago| Published: Nov. 18, 2025, 8:07 p.m. | Views: 829

चलचित्रघरहरूबाट विदेशी चलचित्र प्रदर्शन बापत उठ्ने चलचित्र विकास शुल्क बोर्डको प्रमुख आयश्रोत रुपमा रहेको छ । यस महत्वपूर्ण राजस्वलाई व्यवस्थित, पारदर्शी र अभिलेखिकरण गर्न चलचित्र विकास बोर्डले तयार पारेको चलचित्र विकास शुल्क पोर्टल सम्बन्धी अभिमुखीकरण तथा तालिम कार्यक्रम मिति २०८२/८/१ गतेबाट सुरु गरिएको छ।
बोर्डका सदस्य गणेश प्रसाद सुवेदी, अधिकृतहरु दिनेश बानिया, प्रविन पाण्डे तथा एस्टर इनोभेसन प्रा.लि. को प्राविधिक टोलीसहित पहिलो चरणमा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश तथा चितवन जिल्लामा तालिम सञ्चालन गर्ने योजना रहेको छ।
लुम्बिनी प्रदेश–दाङमा पहिलो तालिम सम्पन्न
मिति २०८२/८/२ गते, लुम्बिनी प्रदेश अन्तर्गत दाङ जिल्लामा रहेका चलचित्रघरहरूलाई पोर्टलको प्रयोग, शुल्क अभिलेखन, प्रतिवेदन व्यवस्थापन तथा प्रणालीगत पारदर्शिता सम्बन्धी विस्तृत तालिम प्रदान गरिएको छ।
- यस अभिमुखीकरणले चलचित्रघरहरूलाई अनलाइन प्रणालीमा दर्ता, शुल्क व्यवस्थापन र प्रतिवेदन प्रक्रियामा अझ दक्ष बनाउने विश्वास लिइएको छ।
- यसले राजस्व पारदर्शिता र चलचित्र क्षेत्रको सुशासनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा छ।
चलचित्र विकास बोर्ड चलचित्र क्षेत्रको दिगो विकास, पारदर्शिता र प्रविधिमैत्री व्यवस्थापनका लागि निरन्तर प्रतिबद्ध छ।