| चलचित्र विकास बोर्डद्वारा ९३ प्रतिशत बेरुजु फर्छ्योट, सुशासन र पारदर्शिता प्राथमिकतामा
8 months ago |
| चलचित्र कल्याणकारी कोषमा नेपाल चलचित्र संघ र नेफ्टाबाट सहयोग
8 months, 1 week ago |
| चलचित्र विकास बोर्डद्वारा शकुन्तला शर्मालाई आर्थिक सहयोग
8 months, 2 weeks ago |
| चलचित्र विकास बोर्डको २५औं वार्षिकोत्सव सम्पन्न
8 months, 2 weeks ago |
| चलचित्र विकास बोर्डको सहकार्यमा "थारू चलचित्र तथा सांस्कृतिक महोत्सव" सम्पन्न
8 months, 3 weeks ago |
डल्वीबाट प्रमाणित म्युजिक नेपाल अडियो भिजुअलको "सगरमाथा Atmos Mix Stage" समुद्घाटन
काठमाडौँ । डल्वी (Dolby) द्वारा प्रमाणित म्युजिक नेपाल अडियो भिजुअलको अत्याधुनिक सगरमाथा Atmos Mix Stage को शुक्रवार औपचारिक समुद्घाटन गरिएको छ। नेपाली चलचित्र तथा अडियो–भिजुअल उद्योगलाई अन्तर्राष्ट्रिय प्रविधिसँग जोड्ने उद्देश्यले स्थापना गरिएको हो ।
समुद्घाटन कार्यक्रममा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रूपमा स्टुडियोको उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष डिसीले डल्वी एटमस जस्तो विश्वस्तरीय साउन्ड प्रविधि नेपालमै उपलब्ध हुनु नेपाली चलचित्र उद्योगका लागि ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्नुभयो। उहाँले यसले नेपाली चलचित्रको प्राविधिक गुणस्तर अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो।
डल्वीबाट प्रमाणित यस सगरमाथा Atmos Mix Stage मा चलचित्रका लागि डल्बी एटमस साउन्ड मिक्सिङ तथा उच्चस्तरीय पोस्ट–प्रोडक्सन सेवा उपलब्ध हुने म्युजिक नेपाल अडियो भिजुअलले जनाएको छ। यसअघि यही स्टुडियोमा चलचित्रका लागि डल्वी एटमस साउन्ड मिक्सिङ सम्बन्धी विशेष तालिम समेत सञ्चालन गरिएको थियो, जसमा नेपालका करिब तीन दर्जन व्यावसायिक ध्वनि प्राविधिकहरू प्रशिक्षित भएका थिए।
उक्त तालिम चलचित्र विकास बोर्डको सक्रिय सहयोग तथा सहकार्य, म्युजिक नेपाल अडियो भिजुअलको आयोजना र अडियो भिजुअल सोसाइटी अफ नेपाल (AVSN) को सह–आयोजनामा सञ्चालन गरिएको थियो। तालिमका लागि भारतीय चलचित्र उद्योगका चर्चित तथा डल्वीबाट प्रमाणित साउन्ड इन्जिनियरहरू भरत रेड्डी र दामन सुद नेपाल आएका थिए।
सगरमाथा Atmos Mix Stage को सञ्चालनसँगै नेपाली चलचित्रको ध्वनि प्रविधिमा नयाँ युगको सुरुआत भएको सरोकारवालाहरूको भनाइ छ। यसले स्वदेशमै विश्वस्तरीय साउन्ड मिक्सिङ सुविधा उपलब्ध गराउँदै नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा अझ मजबुत रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
