badapatra


चलचित्र विकास बोर्ड अन्तर्गत चलचित्रकर्मी कल्याणकारी कोषबाट चलचित्रकर्मीहरुलाई सहयोग

10 months, 2 weeks ago

चलचित्र विकास बोर्डको सहकार्य मा भैरहेको "कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव" अन्तर्गत " रारा चलचित्र पयर्टन जलवायू समिट" कार्यक्रम सम्पन्न

10 months, 2 weeks ago

चलचित्र विकास बोर्डको सहकार्यमा तथा गुरुङ फिल्म्स एसोसिएसन नेपाल (जिफान) को आयोजनामा "लाईट्स-क्यामेरा कार्यशाला २०८२" सुरु

10 months, 2 weeks ago

चलचित्र विकास बोर्डको सहकार्यमा थामी आदिवासी जनजाति विवाह सम्बन्धी बृतचित्र निर्माण सम्पन्न

10 months, 2 weeks ago

चलचित्र विकास बोर्डको सहकार्यमा गुरूङ फिल्म एशोसिएसन नेपाल (जिफान)को आयोजनामा "लाईट्स-क्यामेरा कार्यशाला २०८२" हुदै

10 months, 2 weeks ago

चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको पाँचदिने ‘सिनेमा साक्षरता (साक्षात्कार) कार्यक्रम’ तनहुँ जिल्लामा सम्पन्न

1 month, 3 weeks ago| Published: Jan. 22, 2026, 2:38 p.m. | Views: 1702

चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको पाँचदिने ‘सिनेमा साक्षरता (साक्षात्कार) कार्यक्रम’ तनहुँ जिल्लामा सफलतापूर्वक सम्पन्न भइसकेको छ।म्याग्दे गाउँपालिका, बन्दिपुर गाउँपालिका तथा व्यास नगरपालिकाका विभिन्न वडाहरूमा घुम्ती सिनेमा प्रदर्शनमार्फत स्थानीय समुदायसम्म सिनेमा पहुँच विस्तार गरिएको छ।

कार्यक्रमअन्तर्गत स्थानीय जनप्रतिनिधिसँग संस्कृति तथा चलचित्र पर्यटनसम्बन्धी संवाद, विद्यार्थीसँग चलचित्रकर्मीहरूको अन्तरक्रिया लगायतका गतिविधिहरू सञ्चालन भइरहेका छन्। यस क्रममा नेपाली चलचित्र ‘कोसेढुंगा’, ‘रंगी’ तथा लघुचलचित्र ‘खुशी’ प्रदर्शन गरिँदा स्थानीय दर्शकहरूको उत्साह, सक्रिय सहभागिता र माया अत्यन्तै प्रेरणादायी देखिएको छ।

स्थानीय समुदायले चलचित्रकर्मीहरूलाई परम्परागत सांस्कृतिक पहिरन र रोधी संस्कृतिसहित भव्य स्वागत तथा सम्मान गर्दै सिनेमा र संस्कृतिबीचको गहिरो सम्बन्धलाई सुन्दर रूपमा प्रस्तुत गरेका छन्।

चलचित्रमार्फत पर्यटन प्रवर्द्धन, संस्कृति संरक्षण तथा ग्रामीण क्षेत्रमा सिनेमा पहुँच विस्तार गर्ने उद्देश्यका साथ अघि बढाइएको यस कार्यक्रमले नेपाली चलचित्रको महत्व र सम्भावनालाई अझ मजबुत बनाउने विश्वास लिइएको छ। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण स्थानीय तह, जनप्रतिनिधि, दर्शक, विद्यार्थी तथा चलचित्रकर्मीहरूप्रति चलचित्र विकास बोर्ड हार्दिक आभार व्यक्त गर्दछ।