badapatra


चलचित्र विकास बोर्डको सहकार्यमा शान्ता नेपाली प्रोडक्सनद्वारा आयोजित "Women Make Films" कार्यशाला सुरू

10 months, 3 weeks ago

चलचित्र विकास बोर्डको सहयोग/ सहकार्यमा नेपाल चलचित्र संघको ५०औं साधारणसभा तथा सम्मान समारोह सम्पन्न

10 months, 3 weeks ago

Animation र VFX उद्योगको उत्प्रेरणाको लागि चलचित्र विकास बोर्डको सहकार्य तथा Animation and VFX Artist Association Nepal को आयोजनामा प्रेरणादायी Mentorship Session सम्पन्न

10 months, 4 weeks ago

चलचित्र विकास बोर्डको सहकार्यमा सेलिब्रेटी नेपाल प्रतिष्ठानद्वारा आयोजित चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव २०८२ कार्यक्रम सम्पन्न

10 months, 4 weeks ago

चलचित्र विकास बोर्डबाट आर्थिक सहयोग

1 year, 1 month ago

चलचित्र कथा–लेखन सम्बन्धी एक दिने आधारभूत कार्यशालाको दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न

1 month, 1 week ago| Published: Feb. 2, 2026, 3:26 p.m. | Views: 2003

नेपाल फिल्म क्याम्पसको आयोजना तथा चलचित्र विकास बोर्डको सहयोगमा सञ्चालन गरिएको “चलचित्र कथा–लेखन सम्बन्धी एक दिने आधारभूत कार्यशाला” को दोस्रो संस्करण माघ १७ गते नेपाल फिल्म क्याम्पस, पिंगलास्थान, गौशालामा सम्पन्न भएको छ।
कथा–लेखनमा रुचि राख्ने २५ जना प्रशिक्षार्थीहरूको सक्रिय सहभागितासहित सम्पन्न कार्यशालामा चलचित्र कथा–विज्ञान, कथाका आधारभूत तत्व, संरचना तथा लेखन प्रक्रियाबारे व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो।
प्रशिक्षक केशव पाण्डे तथा विशेष सत्र “नेपाली चलचित्रमा कथा” सञ्चालन गर्नुभएका सामिप्यराज तिमिल्सिनालाई धन्यवाद।
तेस्रो संस्करण: फागुन १६ गते
युवा स्रष्टा र नवप्रवेशीहरूलाई सक्षम बनाउँदै नेपाली चलचित्रको कथात्मक गुणस्तर उकास्ने हाम्रो निरन्तर प्रयास।