| साप्ताहिक बक्स अफिस रिपोर्ट (कार्तिक ८, शनिबार राति ११:५९ सम्म)
4 months, 3 weeks ago |
| किर्तिपुरमा सिनेप्लेक्स हल–२ उद्घाटन, चलचित्र विकास बोर्डद्वारा विशेष प्याकेज घोषणा
6 months, 2 weeks ago |
| चलचित्रकर्मीहरुको स्वास्थ्य बीमा कार्यक्रम २०८२
6 months, 2 weeks ago |
| चलचित्र विकास बोर्डद्वारा २५ जनालाई ड्रोन दक्षता प्रमाणपत्र र २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण
7 months, 2 weeks ago |
| चलचित्र विकास बोर्डद्वारा आर्थिक सहायता हस्तान्तरण
8 months ago |
काठमाडौं – चलचित्र विकास बोर्ड को दक्षता अभिवृद्धि वर्ष २०८२ अन्तर्गत आयोजना गरिएको ‘स्पट सिंक साउन्ड ट्रेनिङ’ कार्यक्रम सम्पन्न भएको छ। छायांकन स्थलमै प्रत्यक्ष ध्वनि अंकन गर्ने प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित दुई दिने उक्त प्रशिक्षणमा २२ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो।
कार्यक्रम अडियो भिजुअल सोसाइटी अफ नेपाल (एभिएसएन) को संयोजनमा बोर्डले आयोजना गरेको हो। पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा छायांकनकै क्रममा ‘लाइभ साउन्ड’ प्रयोग गर्ने अभ्यास बढ्दै गइरहेको सन्दर्भमा यस प्रशिक्षणलाई प्राविधिक स्तरमा महत्वपूर्ण कदमका रूपमा लिइएको छ।
कार्यक्रमका अवसरमा बोर्डका अध्यक्ष दिनेश डिसी ले छायांकन स्थलमै गुणस्तरीय ध्वनि अंकन गर्ने निर्देशकहरूको सोचलाई प्राविधिक रूपमा सशक्त बनाउन यस्तो तालिम उपयोगी हुने बताए। “करीब दुई दर्जन दक्षता अभिवृद्धि कार्यक्रममध्ये ‘स्पट सिंक साउन्ड ट्रेनिङ’ एक महत्वपूर्ण कार्यक्रम हो,” उनले भने, “यसको दोस्रो चरण पनि चाँडै आयोजना गर्ने तयारीमा छौं।”
समापन कार्यक्रममा एभिएसएनका अध्यक्ष विपिन स्थापित, वोर्ड सदस्य वीरेन्द्र भट्ट, अन्तराष्टरीय चलचित्र समितिका सदस्य विष्णु शर्मा, अधिकृतद्वय हरिसिंह रैखोला र निर्मला चौलागाईं लगायतको उपस्थिति रहेको थियो।
प्रशिक्षणले नेपाली चलचित्रमा ‘डबिङ’मा निर्भरता घटाउँदै मौलिक ध्वनि र यथार्थपरक प्रस्तुति सुदृढ गर्न मद्दत पुग्ने अपेक्षा गरिएको बोर्डले जनाएको छ।







