| चलचित्र विकास बोर्डद्वारा ९३ प्रतिशत बेरुजु फर्छ्योट, सुशासन र पारदर्शिता प्राथमिकतामा
8 months ago |
| चलचित्र कल्याणकारी कोषमा नेपाल चलचित्र संघ र नेफ्टाबाट सहयोग
8 months, 1 week ago |
| चलचित्र विकास बोर्डद्वारा शकुन्तला शर्मालाई आर्थिक सहयोग
8 months, 2 weeks ago |
| चलचित्र विकास बोर्डको २५औं वार्षिकोत्सव सम्पन्न
8 months, 2 weeks ago |
| चलचित्र विकास बोर्डको सहकार्यमा "थारू चलचित्र तथा सांस्कृतिक महोत्सव" सम्पन्न
8 months, 3 weeks ago |
काठमाडौँ। नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका चलचित्रकर्मीलाई सम्मानस्वरूप चलचित्र विकास बोर्डले परिचयपत्र वितरण गर्ने प्रक्रिया सुरु गरेको छ। बोर्डले सोमबार सूचना जारी गर्दै ‘चलचित्रकर्मी परिचय पत्र वितरण सम्बन्धी कार्यविधि, २०८१ (पहिलो संशोधन)’ अनुसार विशिष्ट, चलचित्रकर्मी तथा मानार्थ श्रेणीका परिचयपत्रका लागि योग्य व्यक्तिहरूबाट आवेदन आह्वान गरेको हो। बोर्डका अनुसार स्वदेशी चलचित्र क्षेत्रमा निरन्तर कम्तीमा ३० वर्ष योगदान पुर्याएका चलचित्रकर्मीले विशिष्ट श्रेणी, कम्तीमा २० वर्ष योगदान गरेका चलचित्रकर्मीले चलचित्रकर्मी श्रेणी तथा नेपाली चलचित्रको कुनै विधामा कम्तीमा २० वर्ष समर्पित रही नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन योगदान पुर्याएका विदेशी नागरिक वा दीर्घ साधना सम्मान प्राप्त व्यक्तिहरूले मानार्थ श्रेणीको परिचयपत्रका लागि आवेदन दिन सक्नेछन्।
बोर्डले आवेदन दिने इच्छुक चलचित्रकर्मीलाई स्वीकृत ढाँचाको फाराम भरी चलचित्र विकास बोर्डको कार्यालय वा info@film.gov.np इमेलमार्फत आवेदन पेश गर्न आग्रह गरेको छ। आवेदनसँग नेपाली नागरिकताको प्रतिलिपि, व्यक्तिगत विवरण (बायोडाटा), चलचित्र क्षेत्रमा प्राप्त पुरस्कार तथा सम्मानका प्रमाणपत्र, हालसालै खिचिएको पासपोर्ट साइजको रंगिन फोटो दुई प्रति र सम्भव भएसम्म आफूले काम गरेको चलचित्रको स्क्रिनसट संलग्न गर्नुपर्नेछ। आवेदन फाराम चलचित्र विकास बोर्डको कार्यालय वा बोर्डको वेबसाइट www.film.gov.np बाट डाउनलोड गर्न सकिनेछ। यस सम्बन्धी थप जानकारीका लागि बोर्डको सम्पर्क नम्बर ०१–४८१२३३२ मा सम्पर्क गर्न सकिने जनाइएको छ।
