badapatra


चलचित्र विकास बोर्डको सहकार्यमा ७औँ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव सुरु

1 month, 2 weeks ago

चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको पाँचदिने ‘सिनेमा साक्षरता (साक्षात्कार) कार्यक्रम’ तनहुँ जिल्लामा सम्पन्न

1 month, 3 weeks ago

गण्डकी प्रदेशका चलचित्र घरका लागि ‘चलचित्र विकास शुल्क पोर्टल’ सम्बन्धी तालिम सम्पन्न

1 month, 3 weeks ago

चलचित्र विकास बोर्डको सहकार्यमा १४औँ नेपाल–अफ्रिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल (NAIFF) २०२६ सम्पन्न

1 month, 3 weeks ago

चलचित्र विकास बोर्डको सहकार्यमा Unmanned (Drone) Aircraft Association of Nepal (UDAAN) द्वारा आयोजना गरिएको नेपालको पहिलो Drone Seminar & Panel Discussion सम्पन्न

1 month, 3 weeks ago

चलचित्र विकास बोर्डको ‘भ्वाइस एक्टिङ एण्ड डबिङ’ तालिम सुरु, १६६ जना सहभागी

2 days, 4 hours ago| Published: March 15, 2026, 2:30 p.m. | Views: 541

चलचित्र विकास बोर्डको ‘भ्वाइस एक्टिङ एण्ड डबिङ’ तालिम सुरु, १६६ जना सहभागी


काठमाडौं — नेपाली चलचित्रको ध्वनि तथा अभिनय क्षेत्रको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित चलचित्र विकास बोर्डले आयोजना गरेको तीन दिने ‘भ्वाइस एक्टिङ एण्ड डबिङ’ तालिम आइतबारदेखि औपचारिक रूपमा सुरु भएको छ। हलिउड तथा बलिउडका विभिन्न परियोजनामा काम गरिसकेका भारतीय साउन्ड आर्टिस्ट तथा भ्वाइस विशेषज्ञ अमित देओन्दी को प्रमुख प्रशिक्षणमा सञ्चालन भएको उक्त तालिममा नेपाली चलचित्र क्षेत्रका १६६ जना कलाकार, प्राविधिक तथा ध्वनि क्षेत्रमा रुचि राख्ने सहभागीहरू सहभागी भएका छन्।


कार्यक्रमको उद्घाटन सत्रलाई विशेष बनाउने उद्देश्यले आयोजकले नेपाली चलचित्रलाई हिन्दी भाषामा डब गरिएको र विदेशी चलचित्रलाई नेपाली भाषामा डब गरिएको भिडियो क्लिप प्रदर्शन गरेका थिए। ध्वनि, अभिनय र डबिङको प्रभावले दृश्यलाई कसरी नयाँ जीवन दिन्छ भन्ने सन्देश दिने गरी गरिएको उक्त प्रस्तुति सहभागीहरूका लागि निकै रोचक बनेको थियो।


उद्घाटन समारोहमा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष तथा निर्देशक दिनेश डिसी ले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन प्राविधिक तथा सिर्जनात्मक दुवै पक्षको विकास आवश्यक रहेको बताए।

उनले भने, “हाम्रा कथाहरू बलिया छन्। अब त्यसलाई आवाज र अभिनयमार्फत अझ प्रभावशाली बनाउने समय आएको छ। भ्वाइस एक्टिङ र डबिङको सही प्रयोगले नेपाली चलचित्रलाई नयाँ बजार र नयाँ दर्शकसम्म पुर्‍याउन सक्छ।”


तीन दिने तालिममा सहभागीहरूलाई भ्वाइस एक्टिङ, डबिङ प्रविधि, पात्रअनुसार आवाज प्रयोग, संवाद अभिव्यक्ति, स्टुडियो डबिङ प्रक्रिया तथा साउन्ड एडिटिङ सम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण दिइने कार्यक्रम रहेको बोर्डले जनाएको छ।


हलिउड ब्लकबस्टर ‘Avatar’, ‘Mission: Impossible’ लगायत अन्तर्राष्ट्रिय परियोजनाहरू तथा विभिन्न एनिमेसन तथा सिरिजहरूमा काम गरिसकेका प्रशिक्षक अमित देओन्दी को अनुभवबाट नेपाली चलचित्रकर्मीहरूले प्रत्यक्ष रूपमा सिक्ने अवसर पाउने अपेक्षा गरिएको छ।


विदेशी विशेषज्ञको सहभागिता र ठूलो सङ्ख्यामा चलचित्रकर्मीहरूको उपस्थितिले नेपाली सिनेमामा भ्वाइस एक्टिङ र डबिङको गुणस्तर आगामी दिनमा अझ सुदृढ र अन्तर्राष्ट्रिय स्तरको बन्ने विश्वास गरिएको छ।