badapatra


चलचित्र विकास बोर्डको सहकार्यमा, तथा छायाँछवि क्रियशनको आयोजनामा सोह्रौं संस्करणको डि सिने अवार्ड समारोह सम्पन्न

10 months, 2 weeks ago

सिनेपा : स्टुडियो निर्माण आरम्भ उदघोष समारोह सम्पन्न

10 months, 2 weeks ago

चलचित्र विकास बोर्डमा कार्यरत कर्मचारीहरूको दक्षता अभिवृद्धिको लागि २ दिने कार्यशाला सम्पन्न

10 months, 2 weeks ago

चलचित्र विकास बोर्ड अन्तर्गत चलचित्रकर्मी कल्याणकारी कोषबाट चलचित्रकर्मीहरुलाई सहयोग

10 months, 3 weeks ago

चलचित्र विकास बोर्डको सहकार्य मा भैरहेको "कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव" अन्तर्गत " रारा चलचित्र पयर्टन जलवायू समिट" कार्यक्रम सम्पन्न

10 months, 3 weeks ago

चलचित्र विकास बोर्डद्वारा प्रोस्थेटिक मेकअप तालिम सुरु

12 hours ago| Published: March 26, 2026, 3:08 p.m. | Views: 417

चलचित्र विकास बोर्डद्वारा प्रोस्थेटिक मेकअप तालिम सुरु


काठमाडौं — नेपाली चलचित्र क्षेत्रमा विशेष मेकअप (प्रोस्थेटिक मेकअप) सम्बन्धी सीप अभिवृद्धि गर्ने उद्देश्यले चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको “प्रोस्थेटिक मेकअप ट्रेनिङ” आजबाट औपचारिक रूपमा सुरु भएको छ।


प्रख्यात मेकअप विशेषज्ञ अयाज शेखको प्रशिक्षणमा सञ्चालन हुने उक्त तालिम २०८२ साल चैत १२ गतेदेखि १७ गतेसम्म चल्नेछ।


तालिमको उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले गरेका हुन्। उद्घाटन कार्यक्रममा बरिष्ठ सिनेमाटोग्राफर प्रमोद प्रधान र पुरुषोत्तम प्रधानको समेत उपस्थिति रहेको थियो।


उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष डिसीले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन प्राविधिक पक्ष सुदृढ हुनु अपरिहार्य रहेको बताए। उनले प्रोस्थेटिक मेकअप जस्तो विशेष प्रविधिले चलचित्रमा चरित्र निर्माणलाई यथार्थपरक र प्रभावकारी बनाउने उल्लेख गर्दै यस्ता तालिमहरूले नेपाली चलचित्रको गुणस्तर उकास्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।


चलचित्र निर्माणमा चरित्रको गहिरो प्रस्तुतिका लागि अत्यन्त आवश्यक मानिने प्रोस्थेटिक मेकअप प्रविधि नेपालमा अझै सीमित प्रयोगमा रहेको सन्दर्भमा, यस तालिमले सो क्षेत्रमा नयाँ दक्ष जनशक्ति उत्पादन गर्ने अपेक्षा गरिएको छ।


तालिममा सहभागीहरूले कृत्रिम अंग निर्माण, अनुहारको संरचना परिवर्तन, घाउ–चोट तथा विशेष दृश्यका लागि आवश्यक मेकअप प्रविधिहरू सम्बन्धी व्यावहारिक तथा प्राविधिक ज्ञान हासिल गर्नेछन्।


चलचित्र विकास बोर्डले यस्ता सीपमूलक तालिममार्फत नेपाली चलचित्र उद्योगलाई प्राविधिक रूपमा सबल बनाउने तथा अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा उभ्याउने लक्ष्य लिएको जनाएको छ।