badapatra


चलचित्र जाँच (सेन्सर) का लागि सिफारिस लिने प्रक्रिया तथा चलचित्र प्रदर्शन गर्ने समयमा संशोधन

2 years, 4 months ago

स्टोरी बैंकमा चलचित्रको कथा,पटकथा र संवाद सहितको स्कृप्ट पेश गर्ने सूचनाको म्याद थप सम्बन्धी सूचना ( २०७९।७।३ )

2 years, 6 months ago

आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्द्धन कार्यक्रम प्रस्ताव सम्बन्धी सूचना (२०७९।०६।३१)

2 years, 6 months ago

स्टोरी बैंकमा चलचित्रको कथा,पटकथा र संवाद सहितको स्कृप्ट सम्बन्धी सूचना (प्रथम पटक प्रकाशित मितिः २०७९।५।३०, कान्तिपुर दैनिक, पृष्ठ १२)

2 years, 7 months ago

चलचित्र जाँचका लागि सिफारिस, चलचित्र प्रदर्शन गर्ने समय र इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्तहरु सम्बन्धी सूचना (२०७९।५।३०, कान्तिपुर दैनिक, पृष्ठ १०)

2 years, 7 months ago

चलचित्र मन्चका लागि लेख रचना माग गरिएकाे सम्बन्धी सूचना

11 months, 1 week ago | Published: May 21, 2024, 4:51 p.m. | Views: 5979

नेपाल सरकार

चलचित्र विकास बोर्ड

चाबहिलकाठमाडौं ।

चलचित्र मञ्चका लागि लेख रचना माग गरिएको सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति :-२०८१०२०८

यस बोर्डबाट वार्षिक रुपमा चलचित्र सम्वन्धी प्रकाशन हुने प्राज्ञिक¸ प्रर्वद्धनात्मक तथा अनुसन्धानमूलक सामाग्री  चलचित्र मञ्च  २०८१ प्रकाशन गर्न लागिएको हुँदा चलचित्रक्षेत्रको विकास¸ विस्तार प्रवर्द्धनमा प्रत्यक्ष रुपमा सहयोग पुग्ने किसिमको  चलचित्र क्षेत्रसँग सम्बन्धित गतिविधि¸ खोज तथा अनुसन्धानमूलक लेख¸ रचनाहरु यो सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र बोर्डमा उपलब्ध गराउनु हुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको

शर्तहरुः

१.लेख रचना चलचित्रक्षेत्रसँग सम्बन्धित नीति¸ कानुनी व्यवस्था¸ चलचित्र निर्माण प्रदर्शन तथा वितरण¸ बक्स अफिस व्यवस्था¸ चलचित्र विकास बोर्डको भूमिका¸ चलचित्र बजारको विद्यमान अवस्था¸ नेपाली चलचित्रक्षेत्रमा गर्नुपर्ने विविध पक्षको सुधार¸ चलचित्र जाँच सम्बन्धी विषय लगायतका चलचित्र क्षेत्रको विकास विस्तार  प्रवर्द्धनसँग प्रत्यक्ष सरोकार राख्ने किसिमको हुनुपर्नेछ

.कम्तीमा एक हजार पाँच सय शब्दको लेख रचना हुनुपर्नेछ

.लेख रचनाको सफ्टकपी समेत बोर्डमा उपलब्ध गराउनुपर्नेछ। सफ्टकपी इमेल ठेगाना ccmsfdb079@gmail.com वा dinesh@film.gov.np मा समेत उपलब्ध गराउन सकिनेछ।

.प्राज्ञिक अनुसन्धानमूलक लेख रचनालाई प्राथमिकता दिईनेछ

.कुनै पत्र पत्रिका अनलाईन लगायतका कुनै माध्याममा प्रकाशित भएको लेख रचनालाई मञ्चमा समावेश गरिने छैन

.बोर्डबाट छनौट भएका खोज तथा अनुसन्धानमूलक लेख रचनाको स्तर अनुसार लेखकलाई बोर्डबाट निर्णय भएबमोजिमको  पारिश्रमिक उपलब्ध गराईनेछ

.प्रकाशित नभएका लेखहरु सम्बन्धित लेखकलाई फिर्ता गरिनेछ फिर्ता गरिएका लेख रचनाको पारिश्रमिक दिईने छैन

.लेख रचनाहरु छनौट सम्बन्धि सर्वाधिकार बोर्डमा निहित रहनेछ

.अन्य आवश्यक जानकारीका लागि बोर्डको कार्यालयको फोन नं ०१-४८२३९२८  मोबाईल नं. ९८५१२६२७२७ मा  सम्पर्क गर्न सकिनेछ