सञ्चालनमा रहेका चलचित्रघरहरुको विवरण
3 weeks, 3 days ago |
मोफसलमा बन्ने चलचित्रलाई प्रोत्साहन सम्बन्धी सूचना (दोश्रो पटक )
10 months, 2 weeks ago |
समाज रुपान्तरण वा ऐतिहासिक, सत्य एवं प्रेरणादायी घटनाक्रमसँग सम्बन्धित चलचित्रलाई प्रोत्साहन सम्बन्धी सूचना
10 months ago |
ड्रोन (Drone) क्यामेरा प्रशिक्षण सम्बन्धी १० (दश) दिने निःशुल्क कार्यशालामा सहभागिता सम्बन्धी सूचना
11 months, 2 weeks ago |
चलचित्र छात्रवृत्ति सम्बन्धी सूचना (२०८१।७।१४ बुधबार, गोरखापत्र दैनिक)
11 months, 2 weeks ago |
नेपाल सरकार
सञ्चार तथा सूचना
प्रविधि मन्त्रालय
चलचित्र विकास बोर्ड
चाबहिल,काठमाडौ।
बाल चलचित्र निर्माण
प्रशिक्षण कार्यशालामा सहभागिता सम्बन्धी सूचना
प्रथम पटक सूचना
प्रकाशित मितिः २०८१/२/२१
नेपाली चलचित्रको
विकास¸विस्तार र प्रवर्द्धन¸चलचित्र साक्षरता अभिवृद्धि¸ दक्ष
चलचित्रकर्मी उत्पादन एवं बालबालिकालाई आफ्ना कथा भन्ने र हेर्ने वातावरण तयार
गर्नका लागि नेपाल सरकारको अनुदान तथा चलचित्र विकास
बोर्डको चालू आ.व. २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कैलालीको धनगढीमा
बोर्डबाट यही असार २०८१ असार ७ देखि ९ गते सम्म आयोजना हुन
गईरहेको बाल चलचित्र महोत्सवमा सञ्चालन हुने "मेरो कथा मेरो चलचित्र"
बाल चलचित्र निर्माण प्रशिक्षण कार्यशालामा सहभागी हुन ईच्छुक १३ देखि माथि १८
वर्ष मूनिका बाल बालिकाहरूले बोर्डबाट उपलब्ध गराईएको फारम भरी यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र बोर्डको कार्यालय वा इमेल मार्फत् यसै
सूचनालाई आधार मानी अनलाईन वा प्रत्यक्ष आवेदन पेश गर्नहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित
गरिएको छ।
आवेदन फारम बोर्डको
वेवसाईटबाट डाउनलोड गरी ई-मेल ठेगाना fdbworkshop2024@gmail.com मा पठाउन सकिनेछ।पहिलो दर्ताहुन आएका निवेदनहरूलाई पहिलो
प्राथमिकता दिईनेछ।कार्यशालामा बढीमा १५ जनालाई सहभागिता गराईनेछ।थप जानकारीका
लागि बोर्डमा सम्पर्क गर्न सकिनेछ।