badapatra


साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८२ फागुन ०९ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

3 weeks, 1 day ago

निर्वाचन प्रचार प्रसार तथा मतदाता शिक्षाको लागि टिकटक प्रतियोगीता सम्बन्धित सुचना

4 weeks ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८२ फागुन ०२ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

4 weeks, 1 day ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८२ माघ २४ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

1 month ago

शोक विज्ञप्ति

1 month, 1 week ago

स्टोरी बैंकमा चलचित्रको पटकथा संकलन सम्बन्धी २१ दिने सूचना (अन्नपूर्ण राष्ट्रिय दैनिक, पृष्ठ २)

5 years, 3 months ago | Published: Dec. 7, 2020, 12:25 p.m. | Views: 23447

अन्नपूर्ण राष्ट्रिय दैनिक, पृष्ठ २, प्रकाशित मितिः २०७७।८।२२ः स्वदेशी चलचित्रको विकास, प्रवर्द्धन र संरक्षणका लागि मौलिक, ऐतिहासिक, यथार्थपरक, कलात्मक, सामाजिक, साँस्कृतिक, लैङ्गिक, सन्देशमूलक एवं राष्ट्रियताको पहिचानमा आधारित कथावस्तुमा चलचित्र निर्माण गर्न प्रोत्साहनका लागि उत्कृष्ट पटकथा (स्कृप्ट) को छनौट गरी सहनिर्माण गर्ने, कथा लेखनमा लेखकहरुलाई आवश्यक पर्दा विशेषज्ञ समेत उपलब्ध गराउने र त्यस्ता पटकथा (स्कृप्ट) मा निर्माण भएका चलचित्रहरुको अन्तर्राष्ट्रिय स्तरमा गैरव्यवसायिक प्रदर्शन (महोत्सव, अवार्डमा सहभागिता) लाई प्रोत्साहित गर्न लागिएको हुँदा निम्न शर्तहरुको अधिनमा रही यस बोर्डबाट स्वीकृत ढाँचाको दरखास्त फारम भरी यो सूचना प्रकाशित भएको मितिले २१ (एक्काईस दिन भित्र बोर्डको कार्यालयमा वा ई–मेल ठेगाना storybankfdb@gmail.com मा पेश गर्नहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

सहभागिताका शर्तहरुः
१) पटकथा (स्कृप्ट) लेखक वा निर्माता नेपाली नागरिक हुनुपर्नेछ । नेपाली निर्माण संस्था वा कम्पनीले मात्र सहनिर्माणका लागि सहभागिता जनाउन सक्नेछन् ।
२) चलचित्रको पटकथा (स्कृप्ट) मा कुनै पनि चलचित्र निर्माण गरेको हुनुहुँदैन ।
३) चलचित्रको पटकथा (स्कृप्ट) नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा दर्ता गरी सोको प्रमाण पुष्टि हुने कागजात पेश गर्नुपर्नेछ ।
४) चलचित्र लघु चलचित्र वा कथानक चलचित्र हुनुपर्नेछ ।
५) कुनै पटकथा (स्कृप्ट) मा चलचित्र निर्माण गर्न लेखकसँग सम्झौता भएको भए पटकथा (स्कृप्ट) लेखक र निर्माण पक्षबीचको सम्झौतापत्र ।
६) चलचित्रको पटकथा (स्कृप्ट) तीन (३) प्रति ।
७) दरखास्त साथ पेश गर्नुपर्ने अन्य कागजातहरु दरखास्त फारममा उल्लेख भए बमोजिम हुनेछ ।
८) तोकिएको अवधिपछि प्राप्त हुने दरखास्त उपर कुनै पनि कारवाही गरिने छैन ।
९) यो सूचना बोर्डको वेवसाईट www.film.gov.np मा र बोर्डको सूचना पाटीमा समेत हेर्न सकिनेछ ।
१०) दरखास्त फारम बोर्डको कार्यालय वा बोर्डको वेवसाईट www.film.gov.np मा प्राप्त गर्न सकिनेछ ।
११) लैङ्गिक लघु पटकथाका लागि विशेष अनुदान ब्रिटिश काउन्सिलको सहयोगमा उपलब्ध गरिने छ, अन्य जानकारीको लागि https://www.britishcouncil.org.np/gender-short-film-grant-call-pitchscript मा हेर्न सकिनेछ ।
१२) अन्य शर्तहरु “स्टोरी बैंक (कथा संग्रहालय) सम्बन्धी कार्यविधि २०७७” बमोजिम हुनेछ ।
१३) यस सम्बन्धी सर्वाधिकार चलचित्र विकास बोर्डमा निहित रहनेछ ।
१४) यस सम्बन्धमा अन्य कुनै कुराहरु बुझ्नु परेमा चलचित्र विकास बोर्डमा सम्पर्क गर्न सकिनेछ ।

सम्पर्क नं. ०१–४८२२८६०, ई–मेलः storybankfdb@gmail.com

दरखास्त फारमः
Word Format : storty bank application form
PDF Format   : storty bank application form
Paper NOTICE: 2020 dec 8_STORY banknotice