badapatra


आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्द्धन कार्यक्रम प्रस्ताव सम्बन्धी सूचना (२०७९।०६।३१)

2 years, 11 months ago

स्टोरी बैंकमा चलचित्रको कथा,पटकथा र संवाद सहितको स्कृप्ट सम्बन्धी सूचना (प्रथम पटक प्रकाशित मितिः २०७९।५।३०, कान्तिपुर दैनिक, पृष्ठ १२)

3 years ago

चलचित्र जाँचका लागि सिफारिस, चलचित्र प्रदर्शन गर्ने समय र इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्तहरु सम्बन्धी सूचना (२०७९।५।३०, कान्तिपुर दैनिक, पृष्ठ १०)

3 years ago

चलचित्र प्रदर्शक (चलचित्रघर)का लागि अत्यन्त जरुरी सूचना (२०७९।१।१३)

3 years, 5 months ago

चलचित्र छात्रवृत्ति सम्बन्धी सूचना (२०७९।५।६ सोमबार, गोरखापत्र दैनिक)

3 years, 1 month ago

नेपाली चलचित्र तथा चलचित्रका मुख्य अंशहरूको पाईरेसी सम्बन्धमा जारी सूचना

None | Published: None | Views: 11735

 

नेपाल सरकार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

चलचित्र विकास बोर्ड

 

नेपाली चलचित्र तथा चलचित्रका मुख्य अंशहरूको पाईरेसी सम्बन्धमा जारी सूचना

  हाल नेपालमा प्रदर्शनरत नेपाली चलचित्रहरूको मुख्य -मुख्य अंशहरूको भिडियो सामाजिक सञ्जाल भरी व्याप्त भईरहेको सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको छ।यसरी चलचित्रको मुख्य अंशहरूको अनाधिकृत दुरूपयोगबाट चलचित्रका निर्माताहरूको लगानी तथा यसमा सम्बद्ध सम्पूर्णको मेहनत डुब्न जाने अवस्था रहन जान्छ।अर्काको सिर्जना तथा सम्पतिको गैर कानुनीरूपमा विभिन्न डिजिटल माध्यमहरूमा अपलोड गर्नु कानुनीरूपमा  दण्डनीय अपराध हो र यदि कसैले यसो गरेको पाईएमा प्रतिलिपि अधिकार ऐन,२०५९ र नियमावली,२०६१ अनुसार त्यस्तो काममा प्रयोग गरिएका उपकरण जफत हुनुका साथै तपाईँले दण्ड, जरिवाना र क्षतिपूर्ति समेत व्यहोर्नुपर्ने हुन्छ।त्यसैले  चलचित्रघर भित्र मोबाईल क्यामेरा लगायत कुनै पनि किसिमका भिडियो खिच्ने सामाग्रीहरूको प्रयोग नगर्नु, नगराउनुहुन सम्बन्धित सबैमा सूचित गरिन्छ।

चलचित्र तथा चलचित्रजन्य सिर्जनाहरूको अनाधिकृत रूपमा कहिल्यै प्रयोग नगरौँ, दण्ड,जरिवाना र क्षतिपूर्तिबाट बचौँ।