| राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार सम्बन्धी सूचना
11 months, 1 week ago |
| चलचित्रकर्मी परिचय पत्र वितरण सम्बन्धी सूचना
1 year ago |
| कार्यक्रम स्थगन सम्बन्धमा।
1 year ago |
| Invitation for Bids (E-bidding) for Construction of Indoor Film Studio at Banepa Municipality, Ward no 10 & 13, Kavrepalanchowk
1 year, 1 month ago |
| पटकथा लेखन सम्बन्धी तीन दिने कार्यशालमा सहभागिता सम्बन्धी सूचना
1 year, 1 month ago |
राष्ट्रिय चलचित्र पुरस्कार २०७६ र २०७७ सम्बन्धी सूचना (प्रथम पटक प्रकाशित मिति २०७८।१।१५) ः चलचित्र विकास बोर्डको २१औं वार्षिर्कोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान कार्यक्रम आयोजना गरिने भएकाले सोका लागि निम्न सर्तहरूको अधीनमा रही स्वदेशी चलचित्रहरूको सहभागिताका लागि यो सूचना प्रकाशित गरिएको छ ।
सर्तहरूः
१. चलचित्र
निर्माताले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१ दिनभित्र
दरखास्त दिनु पर्नेछ । दरखास्तसाथ चलचित्र जाँच प्रमाणको पत्रको प्रतिलिपि पेश
गर्नु पर्नेछ ।
२. राष्ट्रिय
चलचित्र पुरस्कारमा सहभागी हुन स्वदेशी कथानक चलचित्रहरूको हकमा जाँच भई मिति २०७६ वैशाख १ गतेदेखि
२०७७ चैत्र
मसान्तभित्र सार्वजनिक प्रदर्शन भएका चलचित्रहरू एवम्
आदिवासी, जनजाति तथा
विभिन्न मातृभाषाका चलचित्रको हकमा मिति २०७६ वैशाख १ गतेदेखि २०७७ चैत्र
मसान्तभित्र जाँच भएका चलचित्रहरू
पुरस्कारमा सहभागी हुन सक्नेछन् ।
३. दरखास्त साथ चलचित्र अवलोकनका लागि डिजिटल फर्म्याट (Digital Format- Compressed
Formats File [H.264 (MPEG-4), MPEG-2; Container: *.mp4, *.mkv, *.m2ts] को एक प्रति External
Hard disk वा Pendrive (पछि फिर्ता हुने गरी) यस बोर्डमा उपलब्ध गराउनु पर्नेछ ।
४. चलचित्र कथानक चलचित्र हुनु पर्नेछ ।
५. तोकिएको समयभन्दा पछि प्राप्त हुने दरखास्त उपर कुनै
कारबाही गरिने छैन ।
६. यस सम्बन्धी सर्वाधिकार चलचित्र विकास बोर्डमा निहित रहनेछ
।
७. यस सम्बन्धमा अन्य कुराहरू बुझ्नु परेमा चलचित्र विकास
बोर्डमा सम्पर्क गर्न सकिनेछ ।
८. यो सूचना चलचित्र विकास बोर्डको वेवसाईट www.film.gov.np मा र बोर्डको सूचना पाटीमा समेत हेर्न सकिनेछ ।
९. मनोनयन दरखास्त फारम बोर्डको कार्यालय वा बोर्डको वेवसाइट www.film.gov.np बाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ ।
१०. दरखास्त फारम र आवश्यक कागजात संलग्न गरी बोर्डको अवार्डको ई–मेल ठेगाना nationalawardfdb@gmail.com मा पठाउन सकिनेछ .
११. अन्य सर्तहरु
मनोनयन फारममा उल्लेख गरिए बमोजिम हुनेछ ।
विस्तृत
जानकारीका लागिः
नेपाल सरकार,
;~rf/ tyf ;"rgf k|ljlw dGqfno
rnlrq ljsf; af]8{,
सरस्वतीनगर, चाबहिल,
काठमाडौं
सम्पर्क
टेलिफोनः )!–$*@@*^)
http://www.film.gov.np
ई–मेल ठेगानाः nationalawardfdb@gmail.com