badapatra


साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ मंसिर १३ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

3 months, 2 weeks ago

बक्स अफिस व्यवस्थापन प्रणालीमा आवश्यक मर्मत तथा प्रणाली स्तर उन्नती कार्यको कारणले आज राति बक्स अफिस प्रणालीको सेवा अवरुद्ध सम्बन्धि सुचना ।

3 months, 2 weeks ago

SAARC Film Festival मा सहभागिता सम्बन्धमा

None

३D एनिमेटेड लोगो निर्माण र आधिकारिक गान (गीत तथा धुन) निर्माण सम्बन्धित सुचना

3 months, 3 weeks ago

बक्स अफिस व्यवस्थापन प्रणालीमा आवश्यक मर्मत तथा प्रणाली स्तर उन्नती (Upgradation) कार्यको कारणले आज राति बक्स अफिस प्रणालीको सेवा अवरुद्ध हुनसक्ने सुचना ।

3 months, 3 weeks ago

CCMS (Box Office) सम्बन्धी अत्यन्त जरुरी सूचना

7 years, 4 months ago | Published: Nov. 11, 2018, 12:01 p.m. | Views: 22043

सूचना प्रकाशित मितिः २०७५।०७।२६ः काठमाडौं उपत्यकाभित्र रहेका चलचित्रघरहरूमा २०७५।०४।०१ गतेबाट Box Office System लागू भई E-Ticketing प्रणालीबाट कारोबार भईसकेको छ । केही चलचित्रघरहरूले विभिन्न बहाना बनाई बेला बखत Manual रूपमा टिकट बिक्री वितरण गरेको र Real Time मा Data समावेश गरेको नपाईएको भनी गुनासो प्राप्त हुन आएको र Box Office System का सम्बन्धमा विभिन्न सञ्चार माध्यमहरूबाट समेत प्रसारण भएको विषय प्रति चलचित्र विकास बोर्डको गम्भिर ध्यानाकर्षण भएको छ । E-Ticketing लागू भएका चलचित्रघरहरूले E–Ticketing System मार्फत् मात्र टिकट बिक्री वितरण गरी Real Time मा Data Central Server मा Push गर्नुहुन यसै सूचनाबाट जानकारी गराईन्छ । यस सूचनाको उल्लङ्घन गरेको पाईएमा चलचित्रघर बन्द गरी नियमानुसार कारबाही गरिनेछ ।
साथै, चलचित्र निर्माता तथा वितरकहरूले चलचित्र प्रदर्शन (रिलिज) गर्नुभन्दा पाँच दिन अगाडि चलचित्र जाँच प्रमाणपत्रको प्रतिलिपि संलग्न गरी Box Office System मा आवद्ध हुन बोर्डमा सम्पर्क गरी प्रक्रिया अघि बढाउनु पर्ने व्यहोरा समेत यसै सूचनाबाट जानकारी गराईन्छ ।