badapatra


आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्द्धन कार्यक्रम प्रस्ताव सम्बन्धी सूचना (२०७९।०६।३१)

2 years, 11 months ago

स्टोरी बैंकमा चलचित्रको कथा,पटकथा र संवाद सहितको स्कृप्ट सम्बन्धी सूचना (प्रथम पटक प्रकाशित मितिः २०७९।५।३०, कान्तिपुर दैनिक, पृष्ठ १२)

3 years ago

चलचित्र जाँचका लागि सिफारिस, चलचित्र प्रदर्शन गर्ने समय र इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्तहरु सम्बन्धी सूचना (२०७९।५।३०, कान्तिपुर दैनिक, पृष्ठ १०)

3 years ago

चलचित्र प्रदर्शक (चलचित्रघर)का लागि अत्यन्त जरुरी सूचना (२०७९।१।१३)

3 years, 5 months ago

चलचित्र छात्रवृत्ति सम्बन्धी सूचना (२०७९।५।६ सोमबार, गोरखापत्र दैनिक)

3 years, 1 month ago

चलचित्रघरहरूको इजाजतपत्र, नवीकरण/अद्यावधिक गर्ने, गराउने सम्बन्धी सूचना

1 year, 9 months ago | Published: Dec. 28, 2023, 1:04 p.m. | Views: 12127

चलचित्रघरहरूको इजाजतपत्र, नवीकरण/अद्यावधिक गर्ने, गराउने सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मितिः- २०८०/०९/१२

नेपालभर सञ्चालनमा रहेका चलचित्रघरहरूले चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ र चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली,२०५७ बमोजिम चलचित्र विकास बोर्डबाट लिनुपर्ने ईजाजतपत्र लिई तथा तोकिएको समयभित्र गर्नुपर्ने नवीकरण गरी गराई अद्यावधिक रहेर मात्र चलचित्रघर सञ्चालन गर्नु गराउनुहुन सम्बन्धित सबैलाई यसै सूचनाद्वारा सूचित गरिन्छ।

यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा चलचित्रघर/चलचित्र प्रदर्शन ईजाजतपत्र अद्यावधिक रहेको कागजात बोर्ड समक्ष पेश गर्नुहुन पनि अनुरोध गरिन्छ।सो अवधिभित्र कागज प्रमाण पेश नगर्ने चलचित्रघरहरूको सन्दर्भमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सम्बन्धित सबै सरोकारवालाहरूमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।