| लघु चलचित्र प्रतियोगिता सम्बन्धी सूचना (२०७९।१२।१०)
2 years, 11 months ago |
| ADVANCED SCREENWRITING AND DIRECTION WORKSHOP with ANUPAM BARVE (17-19 March 2023)
3 years ago |
| महिला चलचित्रकर्मीहरुले परिचय विवरण उपलब्ध गराउने सम्बन्धी सूचना (माघ २९, २०७९)
3 years, 1 month ago |
| Children Film Society (CFS)- Open Call Online Campaign
3 years, 1 month ago |
| चलचित्र जाँच (सेन्सर) का लागि सिफारिस लिने प्रक्रिया तथा चलचित्र प्रदर्शन गर्ने समयमा संशोधन
3 years, 2 months ago |
नेपाल सरकार
सञ्चार तथा सूचना प्रविधि
मन्त्रालय
चलचित्र विकास
बोर्ड
चावहिल, काठमाडौं।
लघु चलचित्र प्रतियोगिता सम्बन्धी
सूचना
प्रथम पटक प्रकाशित मिति
२०८१/०१/०२
मौलिक यथार्थपरक, सन्देशमूलक, साँस्कृतिक, ऐतिहासिक, सिर्जनात्मक, कलात्मक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिक हिंसा, जातिय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान राष्ट्रिय पहिचान र कला संस्कृतिलाई संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले निर्माण भएका लघु चलचित्र प्रतियोगिता गराई उत्कृष्ट चलचित्रलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको हुँदा यस बोर्डबाट स्वीकृत ढाँचाको दरखास्त फारम भरी यो सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिन भित्र बोर्डको कार्यालय वा इमेल ठेगाना fdbshortmovie@gmail.com मा दरखास्त सहित आफ्नो लघु चलचित्र उपलब्ध गराउनुहुन लघु चलचित्र प्रतियोगिता सम्बन्धी कार्यविधि,२०७९ को दफा ११ बमोजिम सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।उक्त सूचना सम्बन्धी विस्तृत विवरण बोर्डको सूचना पाटी र वेवसाइट www.film.gov.np मा हेर्न सकिनेछ।
सहभागिताका शर्तहरुः
१. निर्माता नेपाली नागरिक हुनुपर्नेछ।
२. चलचित्र लघु चलचित्र हुनुपर्नेछ।
३. लघु चलचित्र नेपाली वा नेपालको राष्ट्र भाषामा निर्माण गरिएको हुनुपर्नेछ।
४. सम्बन्धित निर्माता वा निजले अधिकार दिएको व्यक्ति आफै उपस्थित भई दरखास्त दिनुपर्नेछ।
५. फारम पूर्ण रुपमा भर्नुपर्नेछ।फारममा भरिएका विवरणलाई छनोटका लागि अन्तिम आधार मानिनेछ।
६. बोर्डले लघु चलचित्र प्रतियोगितामा सहभागी भई पुरस्कृत हुने चलचित्रहरुलाई प्रोत्साहन गर्नका लागि स्वदेश तथा विदेशमा आयोजना हुने अवार्ड, महोत्सव, विशेष शो आदिमा सहभागी गराउन सक्नेछ।
७. सूचना प्रकाशन भएको मितिले ३ (तीन) वर्ष भित्र निर्माण भएका लघु चलचित्रहरु मात्र सहभागी हुन सक्नेछन्।
८. चलचित्रको अवलोकनका लागि चलचित्रको फर्म्याट: पासवर्ड भएको कुनै पनि साईटको लिङ्क (online Link) वा DCP बुझाउनुपर्नेछ।
९. लघु चलचित्र बढीमा ६० मिनेट समयावधिको हुनुपर्नेछ।
१०. लघु चलचित्र कुनै पनि फरम्याटमा खिचिएको प्रशोधन गरिएको तथा कुनै पनि प्रविधिको प्रयोग गरी निर्माण गरिएको हुनुपर्नेछ।
११. सहभागी हुने लघु चलचित्र चलचित्र विकास बोर्डबाट चलचित्र निर्माण गर्न दिइने इजाजतपत्र लिएको हुनुपर्नेछ।
१२. सहभागिता सम्बन्धी सम्पूर्ण जानकारी बोर्डको कार्यालय वा वेवसाइट http://www.film.gov.np बाट समेत गराइनेछ।
१३. सहभागिता सम्बन्धी अन्य शर्तहरु दरखास्त फारममा उल्लेख भए बमोजिम हुनेछन्।
१४. सहभागि हुने लघु चलचित्र चलचित्र विकास बोर्डको स्टोरी बैंक कार्यक्रममा सहकार्य र सहयोग प्राप्त भएको हुनुहुदैन।
१५. लघु चलचित्र छनोटको सर्वाधिकार समितिमा र पुरस्कार सम्बन्धी सर्वाधिकार बोर्डमा निहित रहनेछ।
१६. यस सम्बन्धी अन्य कुराहरु बुझ्नु परेमा चलचित्र विकास बोर्डमा सम्पर्क गर्न सकिनेछ। सम्पर्क नम्बर:०१-४८२३९२८, 9813659813