| सदस्यता पत्र (कार्ड) सम्बन्धमा ।
1 year, 2 months ago |
| सञ्चालनमा रहेका चलचित्रघरहरुको विवरण
4 weeks, 1 day ago |
| मोफसलमा बन्ने चलचित्रलाई प्रोत्साहन सम्बन्धी सूचना (दोश्रो पटक )
1 year, 3 months ago |
| समाज रुपान्तरण वा ऐतिहासिक, सत्य एवं प्रेरणादायी घटनाक्रमसँग सम्बन्धित चलचित्रलाई प्रोत्साहन सम्बन्धी सूचना
1 year, 3 months ago |
| ड्रोन (Drone) क्यामेरा प्रशिक्षण सम्बन्धी १० (दश) दिने निःशुल्क कार्यशालामा सहभागिता सम्बन्धी सूचना
1 year, 4 months ago |
नेपाल सरकार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
चलचित्र विकास बोर्ड
चाबहिल,काठमाडौ।
मेकअप सम्बन्धी पाँच दिने कार्यशालामा सहभागिता सम्बन्धी सूचना
प्रथम पटक सूचना प्रकाशित मिति: २०८१।०१।०६
चलचित्र विकास बोर्डको चालू आ.व. २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार चलचित्रकर्मीहरूको दक्षता अभिवृद्धिका लागि बोर्डबाट मधेस प्रदेशको जनकपुरमा यही मिति २०८१।०१।२१ देखि २०८१।०१।२५ गते सम्म ५ (पाँच) दिन मेकअप सम्बन्धी कार्यशाला सञ्चालन गर्न लागिएको हुँदा उक्त कार्यशालामा सहभागि हुन ईच्छुक व्यक्तिहरूले बोर्डबाट उपलब्ध गराईएको फारम भरी यो सूचना प्रकाशित भएको मितिले दश दिनभित्र बोर्डको कार्यालय वा इमेल मार्फत् यसै सूचनालाई आधार मानी आवेदन पेश गर्नहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ।
आवेदन फारम बोर्डको वेवसाईट www.film.gov.np बाट डाउनलोड गरी ई-मेल ठेगाना fdbworkshop2024@gmail.com मा पठाउन सकिनेछ।पहिलो दर्ताहुन आएका निवेदनहरूलाई पहिलो प्राथमिकता दिईनेछ।थप जानकारीका लागि बोर्डको सम्पर्क नं ०१-४८१२३३२ र ०१-४८१२३८७ सम्पर्क गर्न सकिनेछ।