राष्ट्रिय चलचित्र पुरस्कार २०७५ सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मितिः २०७६।१।१६)
चलचित्र विकास बोर्डको १९औं वार्षिर्कोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान कार्यक्रम आयोजना गरिने भएकाले सोका लागि निम्न सर्तहरूको अधीनमा रही स्वदेशी चलचित्रहरूलाई सहभागिताका लागि यो सूचना प्रकाशित गरिएको छ ।
सर्तहरूः
१. चलचित्र निर्माताले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयमा दरखास्त दिनु पर्नेछ । दरखास्तसाथ चलचित्र जाँच प्रमाणको पत्रको प्रतिलिपि पेश गर्नु पर्नेछ ।
२. राष्ट्रिय चलचित्र पुरस्कारमा सहभागी हुन स्वदेशी कथानक चलचित्रहरूको हकमा जाँच भई मिति २०७५ वैशाख १ गतेदेखि २०७५ चैत्र मसान्तभित्र सार्वजनिक प्रदर्शन भएका चलचित्रहरू एवम् आदिवासी, जनजाति तथा विभिन्न मातृभाषाका चलचित्रको हकमा मिति २०७५ वैशाख १ गतेदेखि २०७५ चैत्र मसान्तभित्र जाँच भएका चलचित्रहरू पुरस्कारमा सहभागी हुन सक्नेछन् ।
३. दरखास्त साथ चलचित्र अवलोकनका लागि डिजिटल फर्म्याट (Digital Format- DCP File or Compressed Formats File [H.264 (MPEG-4), MPEG-2; Container: *.mp4, *.mkv, *.m2ts] को एक प्रति External Hard disk वा Pendrive मा (पछि फिर्ता हुने गरी) यस बोर्डमा उपलब्ध गराउनु पर्नेछ ।
४. चलचित्र कथानक चलचित्र हुनु पर्नेछ ।
५. तोकिएको समयभन्दा पछि प्राप्त हुने दरखास्त उपर कुनै कारबाही गरिने छैन ।
६. यस सम्बन्धी सर्वाधिकार चलचित्र विकास बोर्डमा निहित रहनेछ ।
७. यस सम्बन्धमा अन्य कुराहरू बुझ्नु परेमा चलचित्र विकास बोर्डमा सम्पर्क गर्न सकिनेछ ।
८. यो सूचना चलचित्र विकास बोर्डको वेवसाईट www.film.gov.np मा र बोर्डको सूचना पाटीमा समेत हेर्न सकिनेछ ।
९. मनोनयन दरखास्त फारम बोर्डको कार्यालय वा बोर्डको वेवसाइटबाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ ।
१०. अन्य सर्तहरु मनोनयन फारममा उल्लेख गरिए बमोजिम हुनेछ ।
विस्तृत जानकारीका लागिः
नेपाल सरकार,
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
चलचित्र विकास बोर्ड,
सरस्वतीनगर, चाबहिल, काठमाडौं
सम्पर्क टेलिफोनः०१–४८२२८६०
http://www.film.gov.np
संलग्नः