पटकथा कार्याशाला/तालीममा सहभागी सम्बन्धी सूचना (जेठ ५, २०७६, ७ दिनभित्र)
प्रस्तुत विषयमा बोर्डको आर्थिक वर्ष २०७५।७६ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार नेपाली चलचित्रको प्रवर्द्धन विकास र स्तरीय चलचित्र निर्माणमा सहयोग पुग्ने किसिमका तालिम, कार्यशाला, गोष्ठी सञ्चालन गरी नेपाली चलचित्र क्षेत्रमा संलग्न तथा संलग्न हुन चाहने व्यक्तिहरूको दक्षता अभिवृद्धि गर्न २० (बीस) जना चलचित्रकर्मीहरुलाई पटकथा सम्बन्धी चार दिने कार्याशाला/तालिम सञ्चालन गर्ने कार्यक्रम रहेकोले ईच्छुक चलचित्रकर्मीहरुले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र कार्यालय समयमा निवेदन दिनहुन यो सूचना बोर्डको वेवसाईट www.film.gov.np मा प्रकाशित गरिएको छ ।
सहभागीहरुको छनोटका शर्तहरूः
• बोर्डको वेवसाईटमा तथा कार्यालयको सूचना पाटीमा सूचना टाँस गरी कार्यशालामा सहभागी हुनेको छनौट गरिनेछ ।
• सूचना मार्फत् आवेदन परेका प्रशिक्षार्थीहरु पहिलो दर्ता भएको २० (बीस) जनालाई छनोट गरिने छ ।
• चलचित्र सम्बन्धी विषयमा अध्ययन गरेको वा चलचित्रमा काम गरिरहेकोलाई विशेष ग्राहता दिईने छ ।
• प्रशिक्षार्थीहरु चलचित्र निर्माणमा रुचि राख्ने विभिन्न कारणले चलचित्रसँग सम्बन्धित औपचारिक शिक्षा लिनबाट वञ्चित भएका प्रशिक्षर्थीहरुलाई प्राथमिकतामा राखी कार्यशालामा सहभागी गराईनेछ ।
• प्रशिक्षाथीहरुको छनौट गर्दा महिला र पुरुष दुबैलाई समान अवसर दिईनेछ ।
notice_4dayWorkshop