• Home (current)
  • About

      Organisation

      • Introduction
      • Annual Program
      • History
      • Activities
      • Reports

      Members

      • Executive Members
      • Staff Members
      • Former Chairpersons
      • Former Members
      • Former Member Secretaries

      About Nepal

      • Nepal in Brief
      • Film Me
      • National Parks
      • Historical Parks
      • Wildlife Conservations
      • Archeological Sites
      • Popular Shooting Spots
  • Rules & Acts

    Rules

    • Film Rules (2057 BS) Nepali
    • Film Rules (2000 AD) English

    Acts

    • Film Act (2026BS) Nepali
    • Film Act (1969AD) English
  • Filming Permit Info
    • Process
    • Filming Permit Form
    • Work Permit Visa
    • Frequently Asked Questions

    Other Related Information

    • Custom
    • Tax
    • Do’s and Don’t
    • Getting Shooting Permit
  • Necessary Info
    • Citizen Charter
    • Press Releases
    • Notices
    • Useful Links
    • Production
    • Exhibition
    • Distribution
    • Foreign Films
  • Search
      {{ csrf_field() }}

      खोज्नुहोस : चलचित्रको नाम, कलाकार, निर्देशक, सिनेमाघर, वितरक | For Advance Search (click here)


प्रेस विज्ञप्तीः चलचित्र विकास बोर्डले १९औं वार्षिकोत्सव कार्यक्रम सम्बन्धमा

काठमाडौं । चलचित्र विकास बोर्डले १९औं वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गर्दै मनाउने भएको छ । वि.सं. २०५७ साल असार १६ गते स्थापना भएको चलचित्र विकास बोर्डले हरेक वर्ष १६ असारलाई आफ्नो स्थापना दिवसको अवसर मनाउँदै आएको छ ।

चलचित्र विकास बोर्डले गत वर्षबाट सुरु गरेको पूराना नेपाली चलचित्र तथा वृत्तचित्रहरुलाई डिजिटलाईजेशन गर्ने कार्य जारी रहेको छ । यसै क्रममा अहिलेसम्म १० वटा नेपाली कथानक चलचित्र– आमा, परिवर्तन, हिजो आज भोलि, मनको बाँध, बलिउँदो आकाश, के घर के डेरा, सिन्दुर, शान्तिदीप, जीवनरेखा, कुमारीको डिजिटलाईजेशन तथा रेस्टोरेसन गरिएको छ । यी सबै चलचित्रहरुलाई तात्कालीन शाही नेपाल चलचित्र संस्थानले निर्माण गरेको हो । नेपाली चलचित्रको इतिहास बोकेका यी कालजायी सिनेमालाई संरक्षण गरेर भावी पुस्तालाई सुम्पनु पर्ने दायित्व अनुरुप यसलाई डिजिटलाईजेशन गरिएको हो ।

यसरी पूराना ऐतिहासिक महत्वका चलचित्रहरुलाई डिजिटलाईजेशन तथा रेस्टोरेशन गरिएका चलचित्रहरुका केही दृश्यहरु वार्षिक उत्सवको अबसर पारेर बोर्डमा प्रदर्शन गरिने भएको छ । यस्तै चलचित्र विकास बोर्डले ऐतिहासिक महत्व बोकेका १५ घण्टा समयावधि बराबरका वृत्तचित्रहरुलाई समेत पुरानो रिलबाट डिजिटलाईजेशन गरिसकेको छ । यी वृत्तचित्रहरुमा ती कालखण्डका एतिहासिक महत्वपूर्ण घटना सहित नेपालको सम्पदा, सँस्कृति तथा विकास निर्माण जस्ता विविध पक्षलाई समेटिएको छ ।

यसैक्रममा नेपाली चलचित्र क्षेत्रमा स्थापनाकालदेखि अहिलेसम्म विभिन्न क्षेत्रमा योगदान पुर्याएका १० जना चलचित्रकर्मीलाई चलचित्रकर्मी विशेष योगदान सम्मान–२०७६ बाट सम्मानित गरिने भएको छ । चलचित्रकर्मीहरुको योगदानको राज्यले पनि सम्मान गर्नुपर्छ भन्ने उद्देश्यका साथ यसवर्षबाट चलचित्रकर्मी विशेष योगदान सम्मानबाट सम्मानित गर्न लागिएको हो । यस्तो सम्मानले चलचित्र क्षेत्रमा योगदान दिँदै आउनु भएका श्रष्टाहरुलाई अझ प्रोत्साहन मिल्ने विश्वास बोर्डले लिएको छ । चलचित्र विकास बोर्डका सदस्य श्री दयाराम दाहालज्यूको संयोजकत्वमा सम्मानित व्यक्तिहरुको चयन कार्य सुरु गरिएको छ ।

चलचित्र विकास बोर्डले गएको एक वर्षमा गरेका कार्यविवरण र आउँदो आर्थिक वर्षसम्म गरिने भावी योजना बारे समेत वार्षिक उत्सवको अवसरमा प्रकाश पार्ने जानकारी गराईन्छ । यस्तै बोर्डले वार्षिकरुपमा प्रकाशन गर्दै आएको नेपाली चलचित्र क्षेत्रको महत्वपूर्ण दस्तावेजयुक्त कृति चलचित्र मञ्चको नयाँ अङ्क समेत सोही दिन सार्वजनिक गरिने कार्यक्रम रहेको छ ।

(चिरञ्जीवी गुरागाईं)
चलचित्र संग्रहालय, सूचना तथा अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत

     

अपडेट

  • बाेर्डकाे सूचनाकाे हक सम्बन्धी ऐनको दफा ५(३) बमोजिमको विवरण
  • बाेर्डकाे सूचनाकाे हक सम्बन्धी ऐनको दफा ५(३) बमोजिमको विवरण
  • स्टोरी बैंकमा चलचित्रको पटकथा संकलन सम्बन्धी ७ दिने म्याद थपको सूचना (२०७७।९।१२)
  • बोलपत्र पेश गर्नुपूर्वको बैठकबाट प्राप्त भएको सुझावलाई स्पष्ट पारिएको सम्बन्धी सूचना
  • स्टोरी बैंकमा चलचित्रको पटकथा संकलन सम्बन्धी २१ दिने सूचना (अन्नपूर्ण राष्ट्रिय दैनिक, पृष्ठ २)
  • सिलबन्दी बोलपत्र आह्वानको सूचना
  • माननीय सञ्चार मन्त्री श्री पार्वत गुरुङबाट बोर्डको कार्यालय निरीक्षण र नवरस सभा हल उद्घाटन
  • चलचित्रघरका लागि सफ्टवेयर प्रमाणिकरण सम्बन्धी सूचना
  • वि.सं. २०७७ सालको विजया दशमी, दिपावली (तिहार), नेपाल संवत् तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना !!!
  • माननीय अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाज्यूबाट बोर्डको कार्यालय निरीक्षण
  • बोर्डको सूचनाको हक सम्बन्धी ऐनको दफा ५(३) बमोजिमको विवरण (वैशाख-असार २०७७)
  • फर्म सूची दर्ता गराउने बारेको सूचना (आ.व. २०७७।७८)

  • About Us

    • Introduction
    • History
    • Executive Members
    • Staff Members

    About Nepal

    • Nepal in Brief
    • Film Me
    • National Parks
    • Historical Parks
    • Wildlife Conservations
    • Archeological Sites

    Neccessary Info

    • Citizen Charter
    • Press Releases
    • Notices
    • Useful Links

    Contact Us

    Film Development Board
    GPO Box 4400
    Chabahil, Kathmandu, Nepal
    Tel.: +977 1 4812332, 4812387
    Fax: +977 1 4812360
    Email: fdbnepal@gmail.com
    URL: www.film.gov.np


    Copyright © 2017 Film Development Board, Nepal. All Rights Reserved. Website Developed by : Sobiztrend Technologies Pvt. Ltd.


    Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/filmgov/public_html/wp-includes/functions.php on line 4755