बोर्डको वार्षिकोत्सवको अवसरमा मन्त्री गोकुल बाँस्कोटाज्यूबाट चलचित्र मञ्च-२०७६ विमोचित
१९औं वार्षिक उत्सबको अवसरमा यही २०७६ असार १६ गते प्रमुख अतिथि मन्त्री गोकुल बाँस्कोटाज्यूबाट चलचित्र मञ्च २०७६ विमोचित भएको थियाे । यस पुस्तकमा अनुसन्धनात्मक, प्राज्ञीक लेख, रचना समावेश गरिएकाे छ । यसका प्रधान सम्पादक श्री दयाराम दाहाल हुनुहुन्छ । साथै सम्पादन मण्डलमा चिरन्जीवी गुरागाइ, सुशिल पाैडेल, विजयरत्न तुलाधर, समीर बलामी र अनिल यादव हुनुहन्छ ।

वरिष्ठ साहित्यकार ध्रवचन्द्र गाैतम, डा. अभि सुवेदी, छायाँकार मञ्जुकुमार श्रेष्ठ, ध्वनि विज्ञ प्रदीपकुमार उपाध्याय, लोकेन्द्र पराजुली (कपिल) लगायतका लेखकबाट चलचित्रमा साहित्य, नाटक, प्राविधक विषयका बारे जानकारीमुलक लेखहरू प्रकाशित गरिएकाे छ ।
पिडिएफ डाउन्लोडः Chalchitra Manch_2076_Asadh 16-final