प्रस्ताव आह्वान सम्बन्धी सूचना (आदिवासी, जनजाति तथा मधेशी, दलित साथै विभिन्न भाषिक समुदाय)
मिति २०७६।५।१७ः यस चलचित्र विकास बोर्डको आ.व. २०७६।०७७ मा स्वीकृत वार्षिक कार्यक्रम अनुसार आदिवासी, जनजाति तथा मधेशी, दलित साथै विभिन्न भाषिक समुदायका मातृभाषामा बन्ने चलचित्रहरुको विकास, विस्तार र प्रवर्द्धनमा सहयोग पुग्ने किसिमको कार्यक्रम गर्ने ईच्छुक सरोकारवाला संघ, संस्थाले प्रस्ताव तयार गरी ३० (तीस) दिनभित्र पेश गर्न यो सूचना प्रकाशित गरिएको छ ।
शर्तहरुः–
१. आ.व. २०७६।०७७ का लागि नवीकरण गरेको फर्म वा संस्था दर्ता प्रमाणपत्र, प्यान वा भ्याटमा दर्ता भएको प्रमाणपत्र र आ.व. २०७४।०७५ सम्मको कर चुक्ता गरेको प्रमाणपत्रहरुको प्रतिलिपि संलग्न गरी निवेदनमा रु. १०।– को टिकट टाँस गरी यो सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र कार्यालय समयसम्म कार्यक्रमको प्रस्ताव चलचित्र विकास बोर्डको कार्यालयमा दर्ता सकिनेछ ।
२. आदिवासी जनजाति तथा मधेशी, दलित साथै विभिन्न समुदायका मातृभाषाको चलचित्रसँग सम्बन्धित सरोकारवाला संस्थाले कार्यक्रमको प्रस्ताव पेश गर्दा देहायका विवरण अनिवार्य रुपमा समावेश गर्नुपर्ने छ ।
(क) कार्यक्रमको लक्ष्य एवं उद्देश्य,
(ख) कार्यक्रमबाट आदिवासी, जनजाति तथा मधेशी, दलित साथै विभिन्न समुदायका मातृभाषामा बन्ने चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनमा पुग्नसक्ने योगदानको विवरण,
(ग) कार्यक्रम गर्दा लाभान्वित हुने वर्ग वा क्षेत्र,
(घ) कार्यक्रममा सहभागी हुने स्रोत व्यक्तिको अनुभव र योग्यता,
(ङ) कार्यक्रममा सहभागीहरुको योग्यता एवं संख्या,
(च) यस अघि यस्तै प्रकारका कार्यक्रम सञ्चालन गर्दा चलचित्र विकास बोर्डबाट आर्थिक सहयोग भए/नभएको भएको भए, रकम खुलाउनु पर्ने,
(छ) कार्यक्रम गर्ने स्थान, समय र मिति,
(ज) कार्यक्रम सञ्चालन गर्न अन्य कुनै निकाय वा संघ, संस्थाबाट सहयोग प्राप्त हुने भए सो सम्बन्धी विवरण,
(झ) कार्यक्रममा खर्च हुने शीर्षक सहितको अनुमानित लागतमा बोर्डबाट व्यहोर्नु पर्ने रकम खुलाउनु पर्नेछ ।
(ञ) कार्यक्रममा बोर्डका पदाधिकारी वा कर्मचारीहरुलाई समावेश गर्ने कुरा ।
३. प्रस्ताव सम्बन्धी कागजात दाखिला गर्ने अन्तिम दिन बिदा परे विदा पछि कार्यालय खुलेको दिन प्रस्ताव दर्ता गर्न सकिनेछ ।
४. प्रस्ताव स्वीकृत गर्ने, आंशिक स्वीकृत गर्ने वा कुनै कारण नजनाई अस्वीकृत गर्ने सम्पूर्ण अधिकार यस बोर्डमा नीहित रहनेछ ।
५. प्रस्ताव सम्बन्धी कागजातको प्रत्येक पानामा प्रस्तावदाताले दस्तखत गरी फर्मको छाप लगाउनु पर्नेछ ।
६. रीत नपुगी र म्याद नाघी आएको प्रस्ताव उपर कुनै कारबाही हुनेछैन ।
७. यो सूचना चलचित्र विकास बोर्डको सूचना पाटीमा र वेवसाइट www.film.gov.np मा पनि हेर्न सकिने छ ।
८. सूचनामा उल्लेख नभएका कुराको हकमा सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ अनुसार हुनेछ ।