चलचित्र अभिनय सम्बन्धी कार्यशालामा सहभागी हुने बारेको ७ दिने सूचना – २०७६।०५।१९
नेपाल सरकार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
चलचित्र विकास बोर्ड
सरस्वतीनगर, चाबहिल, काठमाडौें
चलचित्र अभिनय सम्बन्धी कार्यशालामा सहभागी हुने बारेको सूचना
मितिः २०७६।०५।१९
बोर्डकोे आर्थिक वर्ष २०७६।७७ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार नेपाली चलचित्र क्षेत्रमा संलग्न तथा संलग्न हुन चाहने चलचित्रकर्मीहरूको दक्षता अभिवृद्धि गर्न २० जना चलचित्रकर्मीहरुलाई अभिनय सम्बन्धी चार दिने कार्याशाला/तालिम संचालन गर्ने कार्यक्रम रहेकोले ईच्छुक चलचित्रकर्मीहरुले मिति २०७६।०५।१९ गते देखिको ७ दिनभित्र कार्यालय समय सम्ममा देहाय अनुसारको विवरण खुलाई निवेदन दिनहुन यो सूचना बोर्डको वेबसाईट http://www.film.gov.np मा र सूचना पाटीमा टाँस गरिएको छ ।
खुलाउनु पर्ने विवरणः
१. बोर्डको वेवसाईटमा र कार्यालयको सूचना पाटीमा सूचना टाँस गरे अनुसार ईच्छुक चलचित्रकर्मीले चलचित्र विकास बोर्डको कार्यालय सरस्वतीनगर, चाबहिलमा मिति २०७६।०५।२५ गते कार्यालय समयभित्र आईपुग्ने गरी सम्पुर्ण विवरण खुलाई निवेदन पेश गर्नु पर्नेछ ।
२. सूचना मार्फत् आवेदन परेका प्रशिक्षार्थीहरुले यस अघी गरेको अभिनय, चलचित्र विषयमा गरेको अध्ययन, चलचित्र अभिनयमा विशेष रुचि राख्ने तर आर्थिक अवस्था लगायत विभिन्न कारणले चलचित्रको औपचारिक शिक्षा लिनबाट बञ्चित भएका प्रशिक्षार्थीहरुलाई प्राथमिकतामा राखी कार्यशालामा सहभागी गराईने भएकोले सो सम्बन्धी स्पष्ट विवरण संलग्न गर्नु पर्नेछ ।
३. प्रशिक्षार्थीहरुको छनौट गर्दा महिला र पुरुष दुबैलाई समान अवसर दिईनेछ ।