चलचित्र छात्रवृत्ति सम्बन्धी सूचना (२०७६।५।३०, गाेरखापत्र, पृष्ठ २)
चलचित्र सम्बन्धी अध्ययन, अनुसन्धान एवं विद्वत्वृत्तिका लागि प्रोत्साहन गर्न यस बोर्डबाट प्रदान गरिने छात्रवृत्तिका लागि सम्बन्धित विषयमा अध्ययनरत योग्य नेपाली विद्यार्थी, अनुसन्धाता तथा शोधकर्ताबाट तोकिएका प्रमाण र कागजातहरूसहित छात्रवृत्तिका लागि आवेदन पेश गर्नुहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ ।
१. विद्यावारिधि शोधवृत्तिः चलचित्र सम्बन्धी विषयमा विद्यावारिधि गर्दै गरेका – २ जना
२. दर्शनाचार्य शोधवृत्तिः चलचित्र सम्बन्धी विषयमा दर्शनाचार्य गर्दै गरेका – २ जना
३. स्नातकोत्तर छात्रवृत्तिः
(क) चलचित्र सम्बन्धी शोधकार्य गर्ने – २ जना
(ख) चलचित्र सम्बन्धी ऐच्छिक पत्र लिने तथा शोधपत्रसमेत लेख्ने विद्यार्थी – २ जना
४. स्नातक छात्रवृत्तिः चलचित्र सम्बन्धी मूल विषय लिएर स्नातक तह अध्ययन गर्ने जम्मा १० (दश) जनाको लागि,
– खुलातर्फः ५ (पाँच) जना
– आरक्षणतर्फः ५ (पाँच) जना
(क) मधेशी, दलित र जनजातितर्फ– ३ (तीन) जना,
(ख) महिलातर्फ– २ (दुई) जना
५. विद्वत्वृत्तिः
– चलचित्रसम्बन्धी स्वतन्त्र रूपले अध्ययन गर्न चाहने अध्येताहरू – २ जना/समूह
सम्बन्धित आवेदकहरूले प्रथम पटक सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र (२०७६ असोज १३ गतेभित्र) बोर्डको कार्यालयमा आवेदन दर्ता गराइसक्नु पर्नेछ ।
आवेदन फारम बोर्डमा सम्पर्क गरेर वा बोर्डको वेवसाइट www.film.gov.np बाट प्राप्त गर्न सकिने छ ।
दरखास्त फारम साथ संलग्न गर्नुपर्ने कागजातहरूः
– रू. १०।– (दश) को हुलाक टिकट सहितको आवेदन फारम,
– नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ड्ड शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपिहरू,
– छात्रवृत्तिका लागि कुनै निकाय वा संस्थाले सिफारिस गरेको भए सोसँग सम्बन्धित कागजात
– छात्रवृत्तिका लागि सहयोग गर्ने सिफारिस लगायतका अन्य सबै कागजातहरू ।
– विद्वत्वृत्तिका लागि आवेदन दिने आवेदकले चलचित्र विकास बोर्डले निर्धारण गरेको ढाँचामा तयार पारिएको अनुसन्धान प्रस्ताब पेश गर्नुपर्ने छ ।
– अन्य विस्तृत जानकारीको लागि चलचित्र विकास बोर्डको इमेल fdbnepal@gmail.com वा ०१४८१२३३२ मा सम्पर्क गर्न सकिनेछ ।
दरखास्त फारम डाउनलाेड गर्न तलको लिंक प्रयाेग गर्नुहोस्ः
WORD_All_Application_form_for_Scholarship_2076
PDF_ All_Application_form_for_Scholarship_2076
Scholarship_Directives 2064 with amendment
FULL FDB Notice 2076-5-30 Scholarship GORKHAPATRA FULL NOtice