• Home (current)
  • About

      Organisation

      • Introduction
      • Annual Program
      • History
      • Activities
      • Reports

      Members

      • Executive Members
      • Staff Members
      • Former Chairpersons
      • Former Members
      • Former Member Secretaries

      About Nepal

      • Nepal in Brief
      • Film Me
      • National Parks
      • Historical Parks
      • Wildlife Conservations
      • Archeological Sites
      • Popular Shooting Spots
  • Rules & Acts

    Rules

    • Film Rules (2057 BS) Nepali
    • Film Rules (2000 AD) English

    Acts

    • Film Act (2026BS) Nepali
    • Film Act (1969AD) English
  • Filming Permit Info
    • Process
    • Filming Permit Form
    • Work Permit Visa
    • Frequently Asked Questions

    Other Related Information

    • Custom
    • Tax
    • Do’s and Don’t
    • Getting Shooting Permit
  • Necessary Info
    • Citizen Charter
    • Press Releases
    • Notices
    • Useful Links
    • Production
    • Exhibition
    • Distribution
    • Foreign Films
  • Search
      {{ csrf_field() }}

      खोज्नुहोस : चलचित्रको नाम, कलाकार, निर्देशक, सिनेमाघर, वितरक | For Advance Search (click here)


मिति २०७३।२।७ गतेका दिन चलचित्र विकास बोर्डले गरेका महत्वपूर्ण निर्णयहरु तथा कार्यक्रम पत्रकार सम्मेलन मार्फत सार्वजनीक

मिति ः २०७३।२।७ गते शुक्रबार

आदरणीय पत्रकार महोदयहरू,

नेपाली चलचित्र क्षेत्रको समग्र विकास प्रवद्र्धन एवं विस्तार गर्न स्थापना भएको यस चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रमा क्रियाशील चलचित्रकर्मीहरूको पेशागत हक हितको संरक्षण गर्नु, स्रष्टा एवं सर्जकहरूको सिर्जनाको संरक्षण गर्नुका साथै बदलिँदो समय र परिस्थिति सँगै यस क्षेत्रमा देखिएका समस्या र चुनौतिहरूलाई सम्बन्धित सरोकारवाला निकायहरू बीच समन्वय एवं सहजिकरण गर्ने दायित्व पनि बोर्डको रहँदै आएको छ ।

सरोकारवाला सङ्घ संस्थाहरू तथा चलचित्र सम्बन्धी अध्ययन अध्यापन गराउने शैक्षिक संस्थाहरूको परामर्श, छलफल समेतको आधारमा चलचित्र विकास बोर्डबाट चलचित्र क्षेत्रको विकास, विस्तार तथा प्रवद्र्धनका लागि गरेका निर्णय तथा सम्पादन गरेका कार्यहरू सम्बन्धमा सम्मानित प्रेस मार्फत् जानकारी गराउँदै आइएको व्यहोरा यहाँहरूलाई विदितै छ । यसै सन्दर्भमा बोर्डले निम्न विषयहरू सम्मानित प्रेस मार्फत् सार्वजनिक गर्न यो पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

 

यस कार्यक्रम मार्फत् बोर्डबाट हालै सम्पादन भएका निम्न विषयहरू सार्वजनिक गरिएको व्यहोरा अनुरोध छ ः

१)                  स्नातक तहमा चलचित्र सम्बन्धी विषयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराइएको सम्बन्धमाः

२)                  नेपाली चलचित्रको इतिहास आधा शताब्दी भइसकेको अवस्थामा पनि दक्ष प्राविधिक तथा चलचित्रकर्मीहरूको कमी भएको हुँदा नेपालमा चलचित्र सम्बन्धी विभिन्न विषयहरूमा स्नातक तहमा अध्यापन गराउने एक मात्र कलेज ओस्कार इन्टरनेशनल कलेज (कलेज अफ फिल्म स्टडिज), काठमाडौंमा अध्ययन गर्ने विद्यार्थीहरूलाई विगत २०६१ सालदेखि हालसम्म चलचित्र विकास बोर्डबाट निरन्तररुपमा छात्रवृत्तिको व्यवस्था गरिँदै आइरहेको छ । २०६१ सालमा ३ जना विद्यार्थीहरूलाई छनौट गरी छात्रवृत्ति उपलब्ध गराइएकोमा २०६४ सालमा ‘छात्रवृत्ति छनौट निर्देशिका, २०६४’ स्वीकृत गरी बोर्डले तत्पश्चात् खुलातर्फ २ जना, आरक्षण (महिला, दलित, आदिवासी जनजाति, मधेशी) मध्ये ३ जना गरी जम्मा ५ जनालाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको थियो । कलेज अफ फिल्म स्टडिज र बोर्डको सहमतिमा महिला विद्यार्थीहरूलाई चलचित्र सम्बन्धी अध्ययनमा प्रोत्साहनका लागि अलग्गै थप २ जना महिला विद्यार्थीको लागि आरक्षणको व्यवस्था गरिएको छ । हाल ‘छात्रवृत्ति छनौट निर्देशिका, २०६४’ लाई बोर्डले संशोधन गरी खुलातर्फ ५ जना विद्यार्थीहरू, र आरक्षणतर्फ ५ जना विद्यार्थीहरू (महिलातर्फ – २ जना विद्यार्थीहरू, आदिवासी जनजाति, मधेशी र दलिततर्फ – ३ जना विद्यार्थीहरू) गरी वार्षिक १० जना विद्यार्थीहरूलाई छात्रवृत्ति रकम उपलब्ध गराउने प्रावधान राखिएको छ । चलचित्र विकास बोर्डबाट २०६१ सालदेखि हालसम्म आइपुग्दा करिब ५६ जना विद्यार्थीहरूलाई छात्रवृत्ति रकम उपलब्ध गराइसकिएको छ । अन्तर्राष्ट्रियस्तरमा समेत चलचित्र सम्बन्धी विषयमा अध्ययन गर्नका लागि छात्रवृत्तिको व्यवस्थाका लागि पहल भइरहेको र सम्भवतः यसै वर्षभित्रमा सो कार्यको थालनी समेत गर्न सकिने यहाँहरूलाई जानकारी गराउन चाहन्छौं ।

 

२०७२ सालमा छात्रवृत्ति प्राप्त गर्ने ९ जना विद्यार्थीहरूको नामावली ः

क्र.सं.      छात्रवृत्ति पाउने विद्यार्थीको नाम,थर         छनौट वर्ष             खुला÷आरक्षण  कैफियत

१.            सागर स्याङ्बो     २०७२     खुला

२.            ईशान भुसाल        २०७२    खुला

३.            नवीन न्यौपाने     २०७२     खुला

४.            उज्जवल अधिकारी २०७२                खुला

५.            पवन के.सी.          २०७२     खुला

६.            रजिला श्रेष्ठ         २०७२     आरक्षण                महिला

७.            प्रतिश श्रेष्ठ          २०७२     आरक्षण                जनजाति

८.            टाकटुक छिरिङ्ग भोटे       २०७२     आरक्षण                जनजाति

९.            हीराप्रसाद सेती    २०७२     आरक्षण                दलित

२)            विशेष चलचित्र छनौट गरिएको सम्बन्धमा ः

बोर्डले मिति २०७२ बैशाख १ गतेदेखि २०७२ चैत्र मसान्तभित्र केन्द्रीय चलचित्र जाँच समितिबाट जाँच पास भएका नेपाली चलचित्रहरूलाई विशेष चलचित्र छनौटको लागि आवेदन आव्हानका लागि सूचना प्रकाशित गरेकोमा आवेदन पर्न आएका चलचित्रहरूमध्येबाट विशेष चलचित्र छनौट कार्यविधि, २०७२ को मापदण्ड अनुसार दुईवटा नेपाली कथानक चलचित्रहरूः (१) पशुपति प्रसाद (निर्माताः टुकी आर्टस् प्रा.लि., निर्देशकः दिपेन्द्र के. खनाल) र (२) छायाँः स्याडोज् डन्ट ह्याब फेसेज (निर्माताः बाल आवाज ९ख्यष्अभ या ऋजष्मिचभल०, निर्देशकः मनोज पण्डित) लाई २०७२ सालको विशेष चलचित्र छनौट गरिएको ।

३)            २०७२ सालको ‘चलचित्र मञ्च’ नामक स्मारिकाको विमोचन ः

बोर्डबाट नियमित रुपमा प्रकाशन गरिँदै आइएको ‘चलचित्र मञ्च’ नामक पुस्तकको २०७२ सालको अङ्कलाई यहाँहरूको उपस्थितिमा विमोचन गरिएको छ । यस अंकको आकर्षणमा बोर्डबाट हालसम्म सम्पादित मुख्य–मुख्य कामहरू, बोर्डले २०६२ सालदेखि २०७२ सम्म आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान सम्बन्धी विवरण, बोर्डबाट छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको नामावली, राष्ट्रिय चलचित्र नीति, २०७१, २०७२ सालमा सार्वजनिक प्रदर्शन भएका स्वदेशी तथा विदेशी चलचित्रहरूको विवरण, बोर्ड स्थापनादेखि हालसम्मका कार्यसमिति पदाधिकारीहरूको नामावली, विदेशी चलचित्र निर्माताले नेपालमा चलचित्र छायाङ्कन सम्बन्धी विवरण, चलचित्र सम्बन्धी लेख, रचनाहरु आदि समावेश गरिएको छ ।

४)राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना कार्यक्रम सम्बन्धमा ः चलचित्र विकास बोर्डको १६औं वार्षिकोत्सवका अवसरमा यही २०७२ आषाढ १६ गतेका दिन विगतका वर्षमा झैं राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना कार्यक्रमका लागि तयारी शुरुवात गरिएको र उक्त पुरस्कारमा सहभागिताका लागि सूचना आह्वान समेत गरिसकिएको व्यहोरा यहाँहरूलाई जानकारी गराउन चाहन्छौं ।

 

 

धन्यवाद ।

     

अपडेट

  • बाेर्डकाे सूचनाकाे हक सम्बन्धी ऐनको दफा ५(३) बमोजिमको विवरण
  • बाेर्डकाे सूचनाकाे हक सम्बन्धी ऐनको दफा ५(३) बमोजिमको विवरण
  • स्टोरी बैंकमा चलचित्रको पटकथा संकलन सम्बन्धी ७ दिने म्याद थपको सूचना (२०७७।९।१२)
  • बोलपत्र पेश गर्नुपूर्वको बैठकबाट प्राप्त भएको सुझावलाई स्पष्ट पारिएको सम्बन्धी सूचना
  • स्टोरी बैंकमा चलचित्रको पटकथा संकलन सम्बन्धी २१ दिने सूचना (अन्नपूर्ण राष्ट्रिय दैनिक, पृष्ठ २)
  • सिलबन्दी बोलपत्र आह्वानको सूचना
  • माननीय सञ्चार मन्त्री श्री पार्वत गुरुङबाट बोर्डको कार्यालय निरीक्षण र नवरस सभा हल उद्घाटन
  • चलचित्रघरका लागि सफ्टवेयर प्रमाणिकरण सम्बन्धी सूचना
  • वि.सं. २०७७ सालको विजया दशमी, दिपावली (तिहार), नेपाल संवत् तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना !!!
  • माननीय अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाज्यूबाट बोर्डको कार्यालय निरीक्षण
  • बोर्डको सूचनाको हक सम्बन्धी ऐनको दफा ५(३) बमोजिमको विवरण (वैशाख-असार २०७७)
  • फर्म सूची दर्ता गराउने बारेको सूचना (आ.व. २०७७।७८)

  • About Us

    • Introduction
    • History
    • Executive Members
    • Staff Members

    About Nepal

    • Nepal in Brief
    • Film Me
    • National Parks
    • Historical Parks
    • Wildlife Conservations
    • Archeological Sites

    Neccessary Info

    • Citizen Charter
    • Press Releases
    • Notices
    • Useful Links

    Contact Us

    Film Development Board
    GPO Box 4400
    Chabahil, Kathmandu, Nepal
    Tel.: +977 1 4812332, 4812387
    Fax: +977 1 4812360
    Email: fdbnepal@gmail.com
    URL: www.film.gov.np


    Copyright © 2017 Film Development Board, Nepal. All Rights Reserved. Website Developed by : Sobiztrend Technologies Pvt. Ltd.


    Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/filmgov/public_html/wp-includes/functions.php on line 4755