• Home (current)
  • About

      Organisation

      • Introduction
      • Annual Program
      • History
      • Activities
      • Reports

      Members

      • Executive Members
      • Staff Members
      • Former Chairpersons
      • Former Members
      • Former Member Secretaries

      About Nepal

      • Nepal in Brief
      • Film Me
      • National Parks
      • Historical Parks
      • Wildlife Conservations
      • Archeological Sites
      • Popular Shooting Spots
  • Rules & Acts

    Rules

    • Film Rules (2057 BS) Nepali
    • Film Rules (2000 AD) English

    Acts

    • Film Act (2026BS) Nepali
    • Film Act (1969AD) English
  • Filming Permit Info
    • Process
    • Filming Permit Form
    • Work Permit Visa
    • Frequently Asked Questions

    Other Related Information

    • Custom
    • Tax
    • Do’s and Don’t
    • Getting Shooting Permit
  • Necessary Info
    • Citizen Charter
    • Press Releases
    • Notices
    • Useful Links
    • Production
    • Exhibition
    • Distribution
    • Foreign Films
  • Search
      {{ csrf_field() }}

      खोज्नुहोस : चलचित्रको नाम, कलाकार, निर्देशक, सिनेमाघर, वितरक | For Advance Search (click here)


नेपाली चलचित्रको स्वर्णकाल पूरा, आमा, कुमारी देखि शान्ति दिप् सम्म प्रदर्शन हुने !

नेपाल चलचित्र विकास बोर्डले पूराना नेपाली चलचित्रलाई संरक्षण र सुरक्षित गर्ने उद्देश्यले डिजिटाईजेशन तथा रेष्टोरेशन गर्ने भएको छ । बोर्डको २०७४ पुस २४ गते अध्यक्ष निकिता पौडेलको अध्यक्षतामा बसेको बैठकले यस्तो योजनाको निर्णय गरेको हो । निर्णयले सबैभन्दा पहिलो नेपाली चलचित्र आमासहित १२ (बाह्र) वटा चलचित्रलाई पहिलो चरणमा डिजिटाईजेशन गर्न लागेको हो ।

डिजिटाईजेशन भनेको पूराना रिल प्रविधिबाट बनेका चलचित्रहरू खुइलेर जानसक्ने तथा नष्ट भएर समेत जानसक्ने भएकोले त्यसलाई नयाँ डिजिटल प्रविधिमा रूपान्तर गरी संरक्षण गर्ने विधि हो । यसबाट पूराना चलचित्रलाई आधुनिक प्रविधिमार्फत् हेर्न सकिनेछ । पूराना चलचित्रहरुलाई डिजिटाईजेसनको प्रक्रियामा लैजान विकास वोर्डले यसअघि नै एउटा समिति बनाएको थियो । समितिले पूराना चलचित्रहरुलाई क्रमशः डिजिटलाईजेसन प्रक्रियामा लैजान सिफारिस गरेको छ ।

डिजिटाईजेशन भएपछि सबै १६ एम्.एम्. र ३५ एम्.एम्.का चलचित्रहरु अब २ के. र ४ के. फर्म्याटमा ल्याउन सकिनेछ ।

साथै नेपाली चलचित्रको गौरवमय ईतिहासलाई आम सर्वसाधारणसम्म पुर्याउन चलचित्र संग्रहालयको पनि स्थापना गर्ने प्रक्रियाको थालनी भएको वोर्डले जनाएको छ ।

आगामी असार १६ गते चलचित्र विकास वोर्डको वार्षिकोत्सवमा नेपाली चलचित्रको निर्माण, उत्पादन शुरु भएको ५० वर्ष नाघेको स्वर्णकालको उपलक्ष्यमा सप्ताव्यापी रूपमा ती चलचित्रहरूलाई फिल्म फेस्टिवलको रूपमा प्रदर्शनीसमेत गर्ने तयारी वोर्डले गरेको छ । पूराना चलचित्रलाई डिजिटाईजेशन गरी एकसातासम्म प्रदर्शन गर्न लागेको अध्यक्ष निकिता पौडेलले बताउनु भयो । ‘हामीले नेपालमा चलचित्र निमार्ण सुरु भएको ५० वर्ष नघिसकेको स्वर्ण कालको अवसरमा प्रारम्भिक चरणमा १२ वटा अति पूराना नेपाली चलचित्रलाई डिजिटाईजेशन गरी एकसातासम्म प्रदर्शन गर्ने निर्णय गरेका छौं,’ उहाँले बताउनुभयो ।

—

त्यसैगरी नेपाली चलचित्रको संरक्षण र स्तरोन्नतिको लागि यो कदम स्वागत योग्य रहेको कलाकारहरूले बताउनु भएको छ । ‘नेपाली चलचित्रप्रेमीको लागि योभन्दा सुखद् खबर अरू के नै हुन्छ र ? यो कदम चलचित्र विकासका लागि कोशेढुङ्गा सावित हुनेछ ।’ आमा चलचित्रकी नायिका, नेपाली चलचित्रकी प्रथम नायिका भुवनचन्द थापाले बताउनुभयो ।
—
त्यस्तै अर्का कलाकार हरिवंश आचार्यले चलचित्र विकास वोर्डका वर्तमान अध्यक्षको कार्यकाल स्वर्णिम युग बन्ने विश्वास व्यक्त गर्नुभयो । ‘बोर्डको २०५६ साल देखि को इतिहासमा हाल सम्म वोर्डले गर्न नसकेको काम वर्तमान अध्यक्ष निकिता पौडेलको कार्यकालमा हुन लागेकोमा खुशी लगेकोछ, चलचित्र विकासका लागि पौडेलको कार्यकाल स्वर्णिम युग हुने विश्वास लिएको छु, यो एकदमै राम्रो कदम हो ।’ उहाँले बताउनुभयो ।
—
कलाकार बसुन्धरा भुसालले चलचित्र विकास वोर्डको यो निर्णय ऐतिहासिक कदम भएकोले सबैले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘चलचित्र क्षेत्रमा डिजिटाईजेशन गर्ने यो ऐतिहासिक निर्णय हो । यो कदमले पुराना चलचित्र लाई जिवित राख्छ । यस कार्यमा सबैको सहयोग अनिवार्य छ ।’
—

आमा सबैभन्दा पहिलो नेपाली चलचित्र हो । वि. सं. २०२१ सालमा छाँयाङ्कन भएको यस चलचित्र २०२२ सालमा प्रदर्शन आएको थियो । आमासँगै के घर के डेरा, बदलिँदो आकाश, जीवनरेखा, सिन्दूर, परालको आगो, कुमारी, मनको बाँध, परिवर्तन, हिजो आज भोली, बिश्वास, र शान्तिदीप जस्ता चलचित्र डिजिटाईजेशन हुन लागेको हो ।

नेपाली चलचित्र उद्योगमा अहिलेसम लागू हुन नसकेको बक्स अफिस प्रणाली लागू गरेर मिडिया प्रोडक्सनमा स्नातकोत्तर गरेकी पौडेल विकास वोर्डकी अध्यक्ष भएसँगै थुप्रै सम्भावनाहरु देखिएका छन् । डिजिटलाइज प्रक्रियाको अवधारणा ल्याउनु, चलचित्र संग्रहालयको सोचसँगै फिल्म फेस्टिवलको आयोजना जस्ता कामको कार्यान्वयनमा सफल हुँदै आएकी अध्यक्ष पौडेल पछिल्लो समय चलचित्र उद्योगमा लोकप्रिय मानिनुहुन्छ । पौडेलको कार्यकालमा चलचित्र क्षेत्रले ठूलो फड्को मार्ने अनुमान गरिएको छ ।

चलचित्र विकास वोर्ड २०५७ सालमा नेपाली चलचित्रको विकास र प्रवर्द्धनको लागि स्थापित चलचित्र उद्योगलाई नियमन गर्ने सरकारी निकाय हो ।

     

अपडेट

  • बाेर्डकाे सूचनाकाे हक सम्बन्धी ऐनको दफा ५(३) बमोजिमको विवरण
  • बाेर्डकाे सूचनाकाे हक सम्बन्धी ऐनको दफा ५(३) बमोजिमको विवरण
  • स्टोरी बैंकमा चलचित्रको पटकथा संकलन सम्बन्धी ७ दिने म्याद थपको सूचना (२०७७।९।१२)
  • बोलपत्र पेश गर्नुपूर्वको बैठकबाट प्राप्त भएको सुझावलाई स्पष्ट पारिएको सम्बन्धी सूचना
  • स्टोरी बैंकमा चलचित्रको पटकथा संकलन सम्बन्धी २१ दिने सूचना (अन्नपूर्ण राष्ट्रिय दैनिक, पृष्ठ २)
  • सिलबन्दी बोलपत्र आह्वानको सूचना
  • माननीय सञ्चार मन्त्री श्री पार्वत गुरुङबाट बोर्डको कार्यालय निरीक्षण र नवरस सभा हल उद्घाटन
  • चलचित्रघरका लागि सफ्टवेयर प्रमाणिकरण सम्बन्धी सूचना
  • वि.सं. २०७७ सालको विजया दशमी, दिपावली (तिहार), नेपाल संवत् तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना !!!
  • माननीय अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाज्यूबाट बोर्डको कार्यालय निरीक्षण
  • बोर्डको सूचनाको हक सम्बन्धी ऐनको दफा ५(३) बमोजिमको विवरण (वैशाख-असार २०७७)
  • फर्म सूची दर्ता गराउने बारेको सूचना (आ.व. २०७७।७८)

  • About Us

    • Introduction
    • History
    • Executive Members
    • Staff Members

    About Nepal

    • Nepal in Brief
    • Film Me
    • National Parks
    • Historical Parks
    • Wildlife Conservations
    • Archeological Sites

    Neccessary Info

    • Citizen Charter
    • Press Releases
    • Notices
    • Useful Links

    Contact Us

    Film Development Board
    GPO Box 4400
    Chabahil, Kathmandu, Nepal
    Tel.: +977 1 4812332, 4812387
    Fax: +977 1 4812360
    Email: fdbnepal@gmail.com
    URL: www.film.gov.np


    Copyright © 2017 Film Development Board, Nepal. All Rights Reserved. Website Developed by : Sobiztrend Technologies Pvt. Ltd.


    Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/filmgov/public_html/wp-includes/functions.php on line 4755