चलचित्र छायाङ्कन गन्तव्यस्थलहरुको फोटो तथा भिडियो आह्वान सम्बन्धी सूचनाः नेपाल सरकारको आर्थिक वर्ष २०७६।७७ को नीति तथा कार्यक्रम बमोजिम “छायाङ्कनका लागि नेपाल कार्यक्रम” अन्तर्गत चलचित्र विकास बोर्डले नेपाल पर्यटन बोर्डको सहकार्यमा चलचित्र पर्यटन (Cinema Tourism) समेतलाई आकर्षण गर्न नेपालमा रहेका चलचित्र छायाङ्कनका लागि सम्भाव्यस्थलहरुको विस्तृत विवरण खुल्ने फोटोसहितको लोकेशन गाइड बुक प्रकाशन गर्न तथा सम्भाव्य पर्यटकीय एवं चलचित्र छायाङ्कनस्थलहरुको प्रवर्द्धनात्मक श्रव्यदृश्य सामाग्री निर्माण गर्ने प्रयोजनका निम्ति एक महिनाभित्र चलचित्र छायाङ्कन गन्तव्यस्थलहरुको फोटो तथा भिडियो बोर्डको वेवपोर्टल www.film.gov.np/locationhunt मार्फत् बुझाउन हुन यो सूचना प्रकाशित गरिएको छ ।