| भ्वाइस एक्टिङ एण्ड डबिङ तालिम सम्पन्न, १७४ प्रशिक्षार्थी लाभान्वित
6 hours ago |
| चलचित्र विकास बोर्डमा २ दिने कर्मचारी क्षमता अभिवृद्धि तालिम सुरु
2 days, 8 hours ago |
| चलचित्र विकास बोर्डको ‘भ्वाइस एक्टिङ एण्ड डबिङ’ तालिम सुरु, १६६ जना सहभागी
2 days, 8 hours ago |
| चलचित्र विकास बोर्डको संग्रहालयका लागि १७१ चलचित्र पोस्टर र १० पटकथा हस्तान्तरण
1 week, 1 day ago |
| चलचित्रकर्मीलाई परिचयपत्र वितरण गर्ने बोर्डको निर्णय, आवेदन खुला
1 week, 1 day ago |
सिट क्षमता १०१ रहेको किर्तिपुर सिनेप्लेक्स हल–२ आज एक विशेष समारोहका बीच चलचित्र विकास बोर्डका अध्यक्ष श्री दिनेश डिसीज्यूको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको छ।
उक्त अवसरमा अध्यक्ष डिसीज्यूले हाल देशभर १६८ वटा सिनेमा हल सञ्चालनमा रहेको उल्लेख गर्दै चालु आर्थिक वर्षभित्रै यस संख्या २०० भन्दा माथि पुर्याउने लक्ष्य बोर्डले लिएको जानकारी दिनुभयो। उहाँले पुराना बन्द भएका हल पुनः सञ्चालनमा ल्याउने, सिनेमा हल नभएका जिल्ला वा शहरमा नयाँ हल खोल्न इच्छुकलाई प्रोत्साहन गर्ने तथा विद्यमान हलहरूको स्तरोन्नति गर्न चाहनेलाई विशेष सुविधा उपलब्ध गराउने योजनाबारे जानकारी दिनुभयो।
सिनेमा क्षेत्रलाई सांस्कृतिक मात्र नभई आर्थिक दृष्टिले समेत महत्त्वपूर्ण मान्दै अध्यक्ष डिसीज्यूले हाल भइरहेको लगानी विस्तारले रोजगारी सिर्जना र स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा उपस्थित चलचित्र संघका अध्यक्ष एवम् हल सञ्चालक श्री नरेन्द्र महर्जनज्यूले किर्तिपुर सिनेप्लेक्स हल–२ को शुभारम्भ व्यापारिक दृष्टिले मात्र नभई नेपाली चलचित्र उद्योगको समग्र विकासका लागि महत्त्वपूर्ण रहेको धारणा राख्नुभयो।
