badapatra


चलचित्र विकास बोर्डको सहकार्यमा ७औँ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव सुरु

1 month, 2 weeks ago

चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको पाँचदिने ‘सिनेमा साक्षरता (साक्षात्कार) कार्यक्रम’ तनहुँ जिल्लामा सम्पन्न

1 month, 3 weeks ago

गण्डकी प्रदेशका चलचित्र घरका लागि ‘चलचित्र विकास शुल्क पोर्टल’ सम्बन्धी तालिम सम्पन्न

1 month, 3 weeks ago

चलचित्र विकास बोर्डको सहकार्यमा १४औँ नेपाल–अफ्रिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल (NAIFF) २०२६ सम्पन्न

1 month, 3 weeks ago

चलचित्र विकास बोर्डको सहकार्यमा Unmanned (Drone) Aircraft Association of Nepal (UDAAN) द्वारा आयोजना गरिएको नेपालको पहिलो Drone Seminar & Panel Discussion सम्पन्न

1 month, 3 weeks ago

किर्तिपुरमा सिनेप्लेक्स हल–२ उद्घाटन, चलचित्र विकास बोर्डद्वारा विशेष प्याकेज घोषणा

6 months, 2 weeks ago| Published: Sept. 4, 2025, 3:11 p.m. | Views: 4673

सिट क्षमता १०१ रहेको किर्तिपुर सिनेप्लेक्स हल–२ आज एक विशेष समारोहका बीच चलचित्र विकास बोर्डका अध्यक्ष श्री दिनेश डिसीज्यूको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको छ।

उक्त अवसरमा अध्यक्ष डिसीज्यूले हाल देशभर १६८ वटा सिनेमा हल सञ्चालनमा रहेको उल्लेख गर्दै चालु आर्थिक वर्षभित्रै यस संख्या २०० भन्दा माथि पुर्‍याउने लक्ष्य बोर्डले लिएको जानकारी दिनुभयो। उहाँले पुराना बन्द भएका हल पुनः सञ्चालनमा ल्याउने, सिनेमा हल नभएका जिल्ला वा शहरमा नयाँ हल खोल्न इच्छुकलाई प्रोत्साहन गर्ने तथा विद्यमान हलहरूको स्तरोन्नति गर्न चाहनेलाई विशेष सुविधा उपलब्ध गराउने योजनाबारे जानकारी दिनुभयो।

सिनेमा क्षेत्रलाई सांस्कृतिक मात्र नभई आर्थिक दृष्टिले समेत महत्त्वपूर्ण मान्दै अध्यक्ष डिसीज्यूले हाल भइरहेको लगानी विस्तारले रोजगारी सिर्जना र स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा उपस्थित चलचित्र संघका अध्यक्ष एवम् हल सञ्चालक श्री नरेन्द्र महर्जनज्यूले किर्तिपुर सिनेप्लेक्स हल–२ को शुभारम्भ व्यापारिक दृष्टिले मात्र नभई नेपाली चलचित्र उद्योगको समग्र विकासका लागि महत्त्वपूर्ण रहेको धारणा राख्नुभयो।