| साप्ताहिक बक्स अफिस रिपोर्ट (कार्तिक ८, शनिबार राति ११:५९ सम्म)
1 month ago |
| किर्तिपुरमा सिनेप्लेक्स हल–२ उद्घाटन, चलचित्र विकास बोर्डद्वारा विशेष प्याकेज घोषणा
2 months, 4 weeks ago |
| चलचित्रकर्मीहरुको स्वास्थ्य बीमा कार्यक्रम २०८२
3 months ago |
| चलचित्र विकास बोर्डद्वारा २५ जनालाई ड्रोन दक्षता प्रमाणपत्र र २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण
4 months ago |
| चलचित्र विकास बोर्डद्वारा आर्थिक सहायता हस्तान्तरण
4 months, 2 weeks ago |
बालबालिकालाई चलचित्र ‘एनिमल’ देखाएका चलचित्र घरहरूलाई चलचित्र विकास बोर्डद्वारा कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिस गरिएको छ ।
प्राप्त सूचनाको आधारमा चलचित्र विकास बोर्डबाट खटिएका अनुगमन टोली तथ्य चेकजाँचको लागि पुग्दा बालबालिकालाई टिकट बिक्री गरी देखाइरहेको भेटिएको थियो । हल व्यवस्थापनलाई ती बालबालिकाहरूको टिकट तत्काल फिर्ता गर्न लगाइएको थियो ।
सो चलचित्रले केन्द्रीय चलचित्र जाँच पास समितिबाट १६ वर्ष माथिका उमेर समूहले मात्र हेर्न मिल्ने ‘ए’ प्रमाणपत्र प्राप्त गरेको छ । यसको आधारमा बालबालिकालाई सो चलचित्र देखाउनु गैर कानुनी ठहर्छ ।
हाम्रो समाजप्रति उत्तरदायी हुँदै बालबालिकालाई ‘एडल्ट’ चलचित्रको टिकट बिक्री नगर्न बोर्डले अनुरोध गर्दछ । कानुन विपरीत बालबालिकालाई एडल्ट चलचित्रको टिकट बिक्री गर्ने हललाई आवश्यक कारबाही हुन्छ ।
