badapatra


चलचित्र विकास बोर्डको सहकार्य मा भैरहेको "कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव" अन्तर्गत " रारा चलचित्र पयर्टन जलवायू समिट" कार्यक्रम सम्पन्न

1 month, 1 week ago

चलचित्र विकास बोर्डको सहकार्यमा तथा गुरुङ फिल्म्स एसोसिएसन नेपाल (जिफान) को आयोजनामा "लाईट्स-क्यामेरा कार्यशाला २०८२" सुरु

1 month, 1 week ago

चलचित्र विकास बोर्डको सहकार्यमा थामी आदिवासी जनजाति विवाह सम्बन्धी बृतचित्र निर्माण सम्पन्न

1 month, 1 week ago

चलचित्र विकास बोर्डको सहकार्यमा गुरूङ फिल्म एशोसिएसन नेपाल (जिफान)को आयोजनामा "लाईट्स-क्यामेरा कार्यशाला २०८२" हुदै

1 month, 2 weeks ago

चलचित्र विकास बोर्डको सहकार्यमा शान्ता नेपाली प्रोडक्सनद्वारा आयोजित "Women Make Films" कार्यशाला सुरू

1 month, 2 weeks ago

बालबालिकालाई ‘एनिमल’ चलचित्र देखाउने चलचित्र घरलाई कारबाही सिफारिस

1 year, 6 months ago| Published: Dec. 6, 2023, 2:48 p.m. | Views: 2476

बालबालिकालाई चलचित्र ‘एनिमल’ देखाएका चलचित्र घरहरूलाई चलचित्र विकास बोर्डद्वारा कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिस गरिएको छ ।

प्राप्त सूचनाको आधारमा चलचित्र विकास बोर्डबाट खटिएका अनुगमन टोली तथ्य चेकजाँचको लागि पुग्दा बालबालिकालाई टिकट बिक्री गरी देखाइरहेको भेटिएको थियो । हल व्यवस्थापनलाई ती बालबालिकाहरूको टिकट तत्काल फिर्ता गर्न लगाइएको थियो ।

सो चलचित्रले केन्द्रीय चलचित्र जाँच पास समितिबाट १६ वर्ष माथिका उमेर समूहले मात्र हेर्न मिल्ने ‘ए’ प्रमाणपत्र प्राप्त गरेको छ । यसको आधारमा बालबालिकालाई सो चलचित्र देखाउनु गैर कानुनी ठहर्छ ।

हाम्रो समाजप्रति उत्तरदायी हुँदै बालबालिकालाई ‘एडल्ट’ चलचित्रको टिकट बिक्री नगर्न बोर्डले अनुरोध गर्दछ । कानुन विपरीत बालबालिकालाई एडल्ट चलचित्रको टिकट बिक्री गर्ने हललाई आवश्यक कारबाही हुन्छ ।