चलचित्र छात्रवृत्ति सम्बन्धी सूचना (२०८०।६।२४ बुधबार, गोरखापत्र दैनिक)
1 year, 7 months ago |
राष्ट्रिय चलचित्र दिवस सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम स्थगित गरिएको सूचना
1 year, 7 months ago |
चलचित्र सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा २०८०
1 year, 7 months ago |
प्रेस विज्ञप्ति: साँस्कृतिक रुपान्तरण पुरस्कार २०८० सम्बन्धमा (२०८० भाद्र ३१)
1 year, 7 months ago |
सम्पत्ति तथा जिन्सी मालसामानको लिलाम बिक्री सम्बन्धी बोलपत्र आव्हानको सूचना (दोस्रो पटक प्रकाशित सूचना मितिः २०८०।२।३२ गते)
1 year, 10 months ago |
चलचित्र विकास बोर्ड अन्तर्गत चलचित्रकर्मी कल्याणकारी कोषबाट विरामी ३ र मृतक १ गरी चार चलचित्रकर्मीहरुलाई विशेष नगद सहयोग उपलव्ध गराइएको छ । ब्रेन हेमोरेज भएका ग्रीनसिटि हस्पिटलमा उपचार गराईरहेका चलचित्र निर्देशक सन्तोष ढकालको परिवारलाई एक लाख , मृतक प्राविधिक स्व श्री कृष्ण तिमल्सिनाको परिवारलाई काजकिरियाको लागि पचासहजार, खुट्टा भांचिएका कलाकार गोकुल सुवेदीलाई चालिस हजार तथा सेरोशिस भएका प्राविधिक छांयाकार उमेश श्रेष्ठको परिवारलाई एक लाख उपलव्ध गराईएको हो ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी , कल्याणकारी कोषकी अध्यक्ष बसुन्धरा भुषाल , सदस्य द्वय कलाकार संघका अध्यक्ष मोहन निरौला र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाको समुहले विरामीहरुको घर, अस्पताल र मृतकको किरियापुत्री भवनमा गएर विरामीको शिघ्रलाभको कामना , मृतकमा श्रध्दान्जली र परिवारमा समवेदना प्रकट गर्दै सो सहयोग रकम उपलव्ध गराइएको हो।