चलचित्रकर्मीहरूको सुरक्षा व्यवस्था सम्बन्धमा।
4 months, 2 weeks ago |
सदस्यता पत्र (कार्ड) सम्बन्धमा ।
4 months, 2 weeks ago |
सञ्चालनमा रहेका चलचित्रघरहरुको विवरण
5 months, 1 week ago |
मोफसलमा बन्ने चलचित्रलाई प्रोत्साहन सम्बन्धी सूचना (दोश्रो पटक )
5 months, 2 weeks ago |
समाज रुपान्तरण वा ऐतिहासिक, सत्य एवं प्रेरणादायी घटनाक्रमसँग सम्बन्धित चलचित्रलाई प्रोत्साहन सम्बन्धी सूचना
4 months, 4 weeks ago |
चलचित्र विकास बोर्ड अन्तर्गत चलचित्रकर्मी कल्याणकारी कोषबाट विरामी ३ र मृतक १ गरी चार चलचित्रकर्मीहरुलाई विशेष नगद सहयोग उपलव्ध गराइएको छ । ब्रेन हेमोरेज भएका ग्रीनसिटि हस्पिटलमा उपचार गराईरहेका चलचित्र निर्देशक सन्तोष ढकालको परिवारलाई एक लाख , मृतक प्राविधिक स्व श्री कृष्ण तिमल्सिनाको परिवारलाई काजकिरियाको लागि पचासहजार, खुट्टा भांचिएका कलाकार गोकुल सुवेदीलाई चालिस हजार तथा सेरोशिस भएका प्राविधिक छांयाकार उमेश श्रेष्ठको परिवारलाई एक लाख उपलव्ध गराईएको हो ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी , कल्याणकारी कोषकी अध्यक्ष बसुन्धरा भुषाल , सदस्य द्वय कलाकार संघका अध्यक्ष मोहन निरौला र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाको समुहले विरामीहरुको घर, अस्पताल र मृतकको किरियापुत्री भवनमा गएर विरामीको शिघ्रलाभको कामना , मृतकमा श्रध्दान्जली र परिवारमा समवेदना प्रकट गर्दै सो सहयोग रकम उपलव्ध गराइएको हो।