| राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार सम्बन्धी सूचना
11 months, 1 week ago |
| चलचित्रकर्मी परिचय पत्र वितरण सम्बन्धी सूचना
1 year ago |
| कार्यक्रम स्थगन सम्बन्धमा।
1 year ago |
| Invitation for Bids (E-bidding) for Construction of Indoor Film Studio at Banepa Municipality, Ward no 10 & 13, Kavrepalanchowk
1 year, 1 month ago |
| पटकथा लेखन सम्बन्धी तीन दिने कार्यशालमा सहभागिता सम्बन्धी सूचना
1 year, 1 month ago |
प्रस्ताव आह्वान सम्बन्धी सूचना
प्रथम पटक
प्रकाशित मिति २०८२/०७/२७
आदिवासी, जनजाति मातृभाषी चलचित्रको विकास, विस्तार, प्रवर्द्धन र संरक्षण गर्ने तथा सोसँग सम्बन्धित चलचित्रकर्मीहरुको क्षमता/दक्षता अभिवृद्धिकालागि
आदिवासी जनजाति मातृभाषी चलचित्रको विकास, विस्तार र प्रवर्द्धन तथा उत्थानमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गर्न चाहने
चलचित्रसँग सम्बन्धित संघ/संस्थाले बोर्डबाट स्वीकृत ढाँचामा दरखास्त फारम भरी यो सूचना प्रकाशन
भएको मितिले ३० (तीस) दिनभित्र बोर्डको कार्यालयमा प्रस्ताव पेश गर्न आदिवासी, जनजाति, मातृभाषी
चलचित्र प्रवर्द्धन सम्बन्धी, कार्यविधि, २०८१ को दफा ५ बमोजिम सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। यस
आर्थिक वर्ष चलचित्र विकास बोर्ड ''समृद्ध चलचित्र जगतको लागि दक्ष चलचित्रकर्मी'' मुल नारा सहित अघि बढेकाले दक्षता अभिवृद्धि
वर्ष २०८२ मा
चलचित्रकर्मीहरुको दक्षता अभिवृद्धि हुने किसिमको तालिम, गोष्ठि, कार्यशाला
जस्ता कार्यक्रमको प्रस्तावलाई विशेष प्रधमिकता दिईनेछ।
सूचना सम्बन्धी विस्तृत विवरण
बोर्डको सूचना पाटी र वेवसाइट www.film.gov.np मा हेर्न सकिनेछ।
शर्तहरुः-
१. आदिवासी, जनजाति मातृभाषी चलचित्रको विकास, विस्तार, प्रवर्द्धन साथै दक्षता/क्षमता अभिवृद्धिमा पुग्ने
कार्यक्रम,
२. कार्यक्रम गर्दा लाभान्वित हुने वर्ग वा क्षेत्र,
३. कार्यक्रममा सहभागी हुने संख्या,
४. कार्यक्रम आयोजना हुने मिति र स्थान,
५. कार्यक्रमका स्रोत व्यक्ति एवं प्रशिक्षकको
योग्यता र अनुभव, (सम्बन्धित विषयको स्रोत व्यक्ति/प्रशिक्षक हुनुपर्ने)
६. यस अघि बोर्डको सहयोग तथा सहकार्यमा
कार्यक्रम गरेको भए त्यसले आदिवासी, जनजाति मातृभाषी चलचित्रको
प्रवर्द्धन र विकासमा गरेको योगदानको संक्षिप्त विवरण ।
७. कार्यक्रम निरन्तरता र सोको अवधि खुल्ने विवरण।
८. विगत ३ आर्थिक वर्षमा बोर्डबाट कुनै आर्थिक सहयोग प्राप्त गरेनगरेको विस्तृत विवरण।
९. दरखास्त साथ निम्न कागजात पेश गर्नुपर्नेछः
(क) संस्था दर्ता प्रमाणपत्र तथा नवीकरणको प्रतिलिपि,
(ख) कर प्रयोजनको लागि दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि,
(ग) अघिल्लो
आ.व.सम्मको करचुक्ता प्रमाणपत्रको प्रतिलिपि,
(घ) एकभन्दा बढी सङ्घ/संस्थाहरू संलग्न भई गर्ने कार्यक्रमको हकमा
सम्बन्धित सङ्घ/संस्थाहरू बीचको सम्झौता पत्र,
(ङ) कार्यक्रम गर्ने सम्बन्धमा सम्बन्धित संस्थाको निर्णय,
(च) अन्य कुनै निकायबाट स्वीकृत लिनुपर्ने भएमा सो लिएको प्रमाणपत्र,
(छ) कार्यक्रमको उद्देश्य, लक्ष्य र उपलब्धी स्पष्ट खुलाईएको लिखित प्रस्ताव।
(ज) कार्यक्रम खर्चको प्रत्येक शीर्षक सहितको
लागत अनुमान।
१०. प्रस्ताव स्वीकृत गर्ने, आशिक स्वीकृत गर्ने वा कुनै कारण नजनाई
अस्वीकृत गर्नै सम्पूर्ण अधिकार यस बोर्डमा निहित रहने छ ।
११. प्रस्ताव सम्बन्धि कागजातको
प्रत्येक पानामा प्रस्तावदाताले दस्तखत गरी फर्मको छाप लगाउनुपर्ने छ।
१२ रीत नपुगी र म्याद नाघी आएको प्रस्ताव उपर कुनै कारवाही हुनेछैन।